निसान/गोकर्ण
घोराही, भदौ ९/ राप्तीका ठूला अस्पतालहरुमा स्तरअनुसार जनशक्ति बढेको छैन । ठूला अस्पतालहरुको स्तर बढे पनि सो अनुसार जनशक्ति नबढेको पाइएको हो ।
राप्ती उपक्षेत्रीय अस्पताल, राप्ती अञ्चल अस्पताल र बिजौरीको आयुर्वेद अस्पतालले स्तर अनुसारको जनशक्ति नबढेकोमा गुनासो गरेका छन् । स्तर अनुसारको सेवा र जनशक्ति नबढ्दा अहिले उपचारमा समस्या भइरहेको अस्पतालहरुको भनाइ छ । ‘नाम र स्तर अनुसार जनशक्ति व्यवस्था हुन सकिरहेको छैन, अस्पतालको सेवालाई प्रभावकारिता बनाउन दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन भएमा सजिलो हुन्छ’, राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले भन्नुभयो, ‘यसका लागि सबैजसो क्षेत्रबाट पहल हुनु आवश्यक छ, दरबन्दी अनुसार चिकित्सक जिल्लामै भए बिरामीहरुको उपचारमा समेत सहजता हुन्छ।’ ३९ जना चिकित्सकको दरबन्दी रहेको उपक्षेत्रीय अस्पतालमा थोरै दरबन्दीको पदपूर्ति भएको जनाइएको छ ।
अस्पतालका अनुसार अस्पतालको तोकिएको दरबन्दीमध्ये डेढ दर्जन चिकित्सकको दरबन्दीको पदपूर्ति हुन सकेको छैन । अस्पतालमा २० प्रकारका विशेषज्ञ हुनुपर्नेमा नौ किसिमका मात्र रहेको समेत पाइएको छ । ‘दरबन्दी अनुसारको चिकित्सकको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयमा पटक–पटक पत्राचार गरेका छांै । तर, हामीहरुको माग मन्त्रालयबाट सुनुवाई भएको छैन, यसका लागि अस्पतालले पुनः दवाव दिने तयारी गरेको छ’, अध्यक्ष अधिकारीले थप्नुभयो, ‘पुराना बनोटका भवनहरु टाढाटाढा हँुदा न्यून जनशक्ति ठाउँठाउँमा दौडधुप गर्नुपरिरहेको छ ।’ उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विकास देवकोटाले सरकारले आवश्यकता अनुसारको विशेषज्ञ सेवा व्यवस्था गर्नुपर्ने बताउनु भयो । चाहे अनुसार विशेषज्ञहरु नहुँदा बिरामीहरुले पाउनुपर्ने भन्दा आधा कम विशेषज्ञ सेवा लिनबाट बाध्य भएको उहाँको भनाइ छ । ‘हामीले दबरन्दी अनुसार चिकित्सक माग गरी मन्त्रालयमा पठाउँदा पनि दरबन्दी अनुसारको चिकित्सक पाउन सकेका छैनौं, सरकारले यस विषयलाई प्राथमिकतामा राख्न नसक्दा यहाँ पर्याप्त मात्रामा दरबन्दी बमोजिम डाक्टरहरु उपलब्धआउन सकेका छैनन्’, मेसु डा. देवकोटाले भन्नुभयो ।
उपक्षेत्रीय अस्पतालमा कार्डियोलोजिस्ट, साइक्याट्रिस्ट र न्युरोलोजिस्ट अत्यन्तै आवश्यक देखिएको छ । चिकित्सकसँंगै नर्सिङ स्टाफ समेत कम रहेको जनाउँदै अस्पताल प्रशासनले ३० जना दरबन्दी भए पनि करारमा डेढ दर्जन नर्स राखी आफ्नो सेवा दिइरहेको बताएको छ । नर्सका लागि आवास गृह नहुँदा पनि समस्या भइरहेको छ । मेसु डा. देवकोटाले प्रसुतिलगायत अस्पतालबाट दैनिक सेवा दिनुपर्ने गम्भीर विषयमा समेत एक जनामात्र विशेषज्ञ भएकाले विदा बस्ने बित्तीकै बिरामीको उपचारमा समस्या हुने गरेको उल्लेख गर्नुभयो । ‘प्रसुति जस्ता दैनिक सेवा दिनुपर्ने विषयमा एक जनामात्र विशेषज्ञले हँुदैन, एकजना विशेषज्ञ विदा बस्ने बित्तीकै बिरामीको उपचारमा समस्या भइहाल्छ’, उहाँले भन्नुभयो, ‘यस्ता विषयमा कम्तिमा दुई विशेषज्ञ हुनुपर्छ, त्यो भएमा अस्पतालले थप प्रभावकारी सेवा दिन सक्छ ।’
विसं २०६५ चैत्र १२ मा ५० शैय्यासहीत उपक्षेत्रीय भएको उक्त अस्पताल साउन १ देखि स्तरबृद्धि गरी १ सय शय्या भएको छ । तर, अहिले इन्डोरमा ७३, प्रसुतिमा १९ र इमरजेन्सिमा ८ शैय्या रहेका छन् । थोरै जनशक्ति र स्रोतसाधनका बाबजुदमा पनि अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा दिन सफल भए पनि एघारांै तहको दरबन्दी नहँुदा अस्पतालमा भएका विशेषज्ञ पनि बाहिरिने गरेका छन् । यता राप्ती अञ्चल अस्पतालमा पनि स्तर अनुसारको जनशक्ति नबढ्दा बिरामीहरुको उपचारमा समस्या भइरहेको छ । अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. भोलाराम श्रेष्ठले विशेषज्ञ डाक्रटहरुको पर्याप्त दरबन्दी भए पनि दरबन्दी अनुसार डाक्टहरु उपलब्ध नहुँदा बिरामीहरु आफूले पाउनुपर्ने भन्दा आधा कम विशेषज्ञ सेवा लिन बाध्य भएको गुनासो गर्नुभयो । ‘दरबन्दी त पुरा छ, स्तर अनुसार जनशक्ति अहिलेसम्म बढेको छैन’, उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष अञ्चल अस्पतालले दरबन्दी अनुसारको चिकित्सक पठाउन माग फाराम भरेर स्वास्थ्य मन्त्रालयमा पठाउँदै आएको छ । तर, माग गरेर पठाउने भन्दा अरु कुनै अहिलेसम्म प्रगति भएको छैन ।’ मन्त्रालयमा विशेषज्ञ डाक्टरसहीत दरबन्दी अनुसार पदपूर्ति हुन बाँकी रहेकाको विषयमा माग फाराम भरी पठाएकाले आश गरी बस्नुभन्दा अरु बिकल्प नभएको मेसु श्रेष्ठको भनाइ छ ।
विशेषज्ञ डाक्टर टिकाउन नै गाह्रो भएको भन्दै उहाँले दरबन्दीमा रहेका चिकित्सकको पदपुर्ति हुन १० वर्ष लाग्नेसमेत ठोकुवा गर्नुभयो । ‘खाली रहेका दरबन्दीको पदपुर्ति गर्न हरेक वर्ष माग फाराम भरी पठाउँदा समस्या समाधान भइरहेको छैन, स्तर बढे पनि जनशक्ति नबढ्दा निश्चय पनि बिरामीहरुको उपचारमा समस्या भइरहेको छ’, उहाँले थप्नुभयो, ‘सरकारले स्वास्थ्यलाई कम प्राथमिकतामा राख्दा यो समस्या आएको हो, यसले के देखाउँछ भने यसलाई समयमै प्राथमिकता नदिएमा १० वर्षसम्म विशेषज्ञसहीत अन्य दरबन्दीमा पदपुर्ति हुन्छ जस्तो मलाई लाग्दैन ।’
सरकारले दरबन्दी अनुसारको डाक्टर उपलब्ध नगराए पनि अस्पताल विकास समितिले अत्यन्तै आवश्यकता रहेको विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने गरी नयाँ योेजना अघि सार्ने तयारीमा रहेको मेसु डा. श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अञ्चल अस्पतालमा एकजना सर्जन र एकजना जि.पि. बाहेक सबै दरबन्दीको पदपुर्ति हुन बाँकी रहेको छ । अस्पतालमा फिजिसियनमा दरबन्दीमा जनशक्ति भए पनि काजमा पोखरा बस्दा खाली भएको डा.श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषज्ञ डाक्टरसहीत ७२ जनाको दरबन्दी रहेको अञ्चल अस्पतालमा हालसम्म ४७ जनाको पदपुर्ति भएको छ ।
अस्पतालमा दरबन्दी अनुसारको नर्स स्टाफसमेत छैनन् । दरबन्दी अनुसार विशेषज्ञ डाक्टरलगायत अन्य कर्मचारीहरुको पदपुर्ति गरी अस्पतालको सेवा सुविधालाई बिस्तार गर्न स्वास्थ्य मन्त्रालयलगायत विभिन्न सरोकारवालालाई दवाव दिइएको राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रुद्रमणि शर्माले बताउनुभयो । अस्पतालको चौतर्फि विकासका लागि स्वास्थ्यमन्त्रीलगायत यस क्षेत्रका सबै सभासदलाई अस्पतालका मेसु डा. भोलाराम श्रेष्ठ र आफूले भेटेर जानकारी दिनुका साथै ज्ञापनपत्र बुझाएको र यसका लागि पहल गर्ने आश्वासन दिएको अध्यक्ष शर्माले बताउनुभयो ।
‘अस्पतालमा विशेषज्ञ डाक्टर र अन्य कर्मचारीको पदपुर्ति हुन बाँकी रहेपछि अस्पतालका विभिन्न मागहरु राखी हामीले स्वास्थ्यमन्त्री र यस क्षेत्रका सभासदहरुलाई भेटघाट गरी ध्यानाकर्षण गराएका छांै, भेटघाटमा स्वास्थ्यमन्त्री र सभासदले दरबन्दी रहेका तथा नयाँ विशेषज्ञ चिकित्सक ल्याउन पहल गर्छु भनि आश्वासन दिनुभएको छ । हामीले राखेका मागमा सबै सकारात्मक भएकाले मागहरु कार्यान्वयन गर्न निरन्तर दवाव र खबरदारी भने जारी राख्छौं’, अस्पताल विकास समितिका अध्यक्ष शर्माले भन्नुभयो, ‘अञ्चल अस्पतालमा सामान्य तथा जटिल प्रकारका विभिन्न अप्रेसनहरु भइरहेका छन्, अस्पतालको सेवा सुविधा विस्तारमा ध्यान दिनु यस क्षेत्रका सबै सरोकारवाला पक्षको दायित्व हो, यसमा सबैले सहयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
अस्पतालमा पर्याप्तरुपमा विशेषज्ञ डाक्टर, नर्सहरु नहुँदा बिरामीहरुले चाहे अनुसार सेवा दिन नसकिएको भए पनि आउँदा दिनमा यसलाई क्रमिकरुपमा सुधार गरी जनताको माग अनुसार अस्पतालले सेवा दिन तयार रहेको अध्यक्ष शर्माको भनाइ छ । उहाँले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र बिरामीहरुको मागलाई मध्यनजर गर्दै अहिले अस्पतालमा आइसीयू सञ्चालनको तयारीमा रहेको र यसका लागि आवश्यक उपकरणहरुसमेत आइसकेको जानकारी दिनुभयो ।
त्यस्तै मध्यमश्चिमाञ्चल आयुर्वेद क्षेत्रीय चिकित्साल बिजौरीमा पनि दरबन्दी अनुसार डाक्टर नहुँदा उपचारमा समस्या उत्पन्न भएको छ । अस्पतालमा हाल मेडिकल सुपरिटेण्डेन सहित ५ जनाको दरबन्दी भए तापनि हाल २ जना मात्र डाक्टर कार्यरत रहेका छन् । करिव एकदशक बित्दा समेत अस्पतालमा रहेका स्त्रीरोग विशेषज्ञ डाक्टरको अझैसम्म पनि पदपूर्ति हुन सकेको छैन । सात वर्षअघि महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर देवकला भण्डारीको नरदेवि चिकित्सालमा सरुवा भएपश्चात् हालसम्म कुनै पनि डाक्टर पठाइएको छैन । अस्पतालमा स्त्री रोग विशेषज्ञसहित बालरोग विशेषको दरबन्दी भए तापनि अझै पदपर्ति हुन सकेको छैन । विशेषज्ञसहित ५ जना डाक्टरको दरबन्दी भए तापनि हाल २ जनामात्र डाक्टर भएको मेडिकल सुपरिटेण्डेन डाक्टर प्राध्यापक ठाकुरप्रसाद दवाडीले जानकारी दिनुभयो ।
अस्पतालमा दरबन्दी अनुसार डाक्टरको पदपुर्ति गर्न स्वास्थ्य मन्त्रालय आयुर्वेद विभागमा पटक–पटक पत्राचार र अस्पताल विकास समिति सहित ज्ञापन पत्र समेत बुझाएका छांै । तर, कुनै सुनुवाई भएको छैन डाक्टर दवाडीले भन्नुभयो । अस्पतालमा रेडियोग्राफरको दरबन्दी भए तापनि अझै पदआपूर्ति नगरिएको समेत डाक्टर दवाडीले बताउनुभयो । ‘अस्पतालमा एक्सरे मेसिन समेत छ । तर, रेडियो ग्राफर नभएका कारण सेवा दिन सकिएको छैन’, डाक्टर दवाडीले भन्नुभयो , ‘अस्पतालमा २ जना ल्याव टेक्निसियन भए पनि हाल एकजना मात्र कार्यरत हुनुहुन्छ ।’
अस्पतालमा एक्सरे मेसिन, भरपर्दो नेवुलाइजर मेसिन समेत छैनन् । उता अस्पताल विकास समितिका अध्यक्ष श्रीधर शर्मा मजगैयाँले प्रयाप्त जनशक्ति जुटाउनका लागि केन्द्रदेखिनै पहल भइरहेको बताउनुहुन्छ । पटक–पटक माग गरेका छांै । तर, सुनुवाइ भएको छैन’, उहाँले भन्नुभयो, ‘अस्पतालमा सर्पदंशको उपचार केन्द्र समेत सञ्चालनमा ल्याउने योजना रहेको छ । सर्पदंश उपचार केन्द्रका लागि केन्द्रमा माग गरिएको र सकारात्मक जवाफ आएको छ ।’ यस क्षेत्रमै सर्पदंश उपचार केन्द्र नभएकाले यहाँका जनताहरुमा सहज हुने समेत बताउनुभयो । हाल अस्पतालमा बिजौरी, मानपुर, डुरुवा, रोल्पा, सल्यान, प्यूठानबाट समेत सेवा लिन आउने गरेको बताइएको छ । अस्पतालको भौतिक अवस्था भने दिनानुदिन बिग्रदै गएको छ ।
अस्पतालका अधिकांस भवनहरु जीर्ण र वर्षायाममा चुहिने अवस्थामा पुगेका छन् । केही भवनहरुको जीर्णोद्वार गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष मजगैयाँले बताउनुभयो । अस्पतालको विकासका लागि स्थानीय निकायहरुसँंग समन्वय गरेर केन्द्रमा माग गर्न सर्वदलिय सर्वपक्षिय टोलीले विशेष पहल गर्नुपर्ने विजौरी उद्योग वाणिज्य संघका महासचिव मुकेश वली बताउनहुन्छ । अस्पतालले हाल एम्वुलेन्स सेवा समेत दिँदै आएको छ । बिजौरी, मानपुर र डुरुवाका स्थानीयहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
स्रोतः गणतन्त्र दैनिक ।

No comments:
Post a Comment