काठमाडौं, ४ चैत । सरकारले निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री गर्न दिने पूर्व निर्णय फिर्ता लिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आपूर्तिमन्त्री गणेशमान पुनले निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री गर्न दिने निर्णय फिर्ता लिने प्रस्ताव गरेका थिए । बैठकले यसलाई स्वीकृत गरेको छ । यससँगै विराट पेट्रोलियम लगायतका ३५ कम्पनीसँग भएको सम्झौता खारेज भएको छ ।
भारतको अघोषित नाकाबन्दीका समयमा सरकारले निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री गर्न दिने निर्णय गरेको थियो । तर, विराट पेट्रोलियमलाई महंगो मूल्यमा इन्धन विक्री गर्न दिएपछि विवाद सुरु भएको थियो ।