ताजा अपडेट

...


रंगभेद दिवस स्वर्गद्वारीमा मनाइने



इन्द्रेणी संवाददाता
दाङ चैत्र ५

यसवर्षको जातीय रंगभेद उन्मुलन दिवस प्युठानको स्वर्गद्धारीमा मनाइने भएको छ । संयुक्त राजनीतिक संघर्ष समिति दाङले यहि चैत्र ८ गते स्वर्गद्वारी पुगेर २१ मार्च अर्थात ५१ आंै अन्तर्राष्ट्रिय जातीय रंगभेद दिवस मनाउने भएको हो । संयुक्त राजनीतिक दलित संघर्ष समिति दाङका संयोजक जिनेन्द्रमान नेपालीको अध्यक्ष तथा दलित समन्वय समितिका उपाध्यक्ष मानबहादुर गोल्ड स्मितको प्रमुख आतिथ्यतामा यसविषयमा छलफल समेत गरिएको छ ।
यसैविच, जातीय रंगभेद उन्मुलन दिवस सफल पार्न एक समिति गठन गरिएको छ । समितिमा नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङका अध्यक्ष चुर्ण परियार, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा दाङका अध्यक्ष जगत दर्लामी, नेपाल दलित संघ दाङ क्षेत्र नम्वर ३ का सभापति प्रकाश नेपाली र नेपाल पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली रहनुभएको छ ।

स्वर्गद्वारी मन्दिरमा जातीय विभेदका घटना हुने गरेको र त्यसको अन्त्यका लागि मन्दिरमा नै पुगेर दिवस मनाउन लागिएको कार्यक्रम संयोजक जितेन्द्रमान नेपालीले बताउनुभयो । केहि महिना पहिले स्वर्गद्धारी मन्दिरमा पुजापाठका लागी पुगेका दाङ त्रिपुरका बसन्ता नेपाली र भिमबहादुर नेपाली माथि जातिय विभेद भएको घटना वाहिर आएको थियो । दलित भएकै कारण मन्दिरका पुजारीले विभेद गरेका थिए । साथै, आगामी दिनमा त्यस्ता घटना नहुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न थालिएको संयोजक नेपालीले वताउनुभयो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.