गोविन्द खड्का
घोराही, २९ फागुन । बुंगुरको विकल्प निकाली अन्य पेश गर्न घोराही ६ का केहि टोलहरुलाई सुझाव दिएईको छ । वडा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको शनिवार बसेको बैठकले टोलमा छलफल गरी उपयुक्त विकल्प पेश गर्न चैत्रको अन्तिम शनिवार सम्मको म्याद दिएको हो ।

समितिका अध्यक्ष मिनराज गौतमको अध्यक्षतामा गोदावरी, प्रगति, उच्च र फुर्सेखाली ख टोलका वासिन्दा संग घुम्ति बैठक बसेको हो । जिल्ला सरसफाइ फोकल पर्सन एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईञ्नियर तिलक न्यौपानेको प्रमुख आतिथ्यता एवं घोराही नगरपालिकाका शाखा अधिकृत शुवोध रेग्मीको विशिष्ट आतिथ्यमा भएको बैठकले अरु व्यवसायका लागि सिप क्षमता बृद्ध गर्न तालिम तथा अन्य सहयोग गर्न सकिने निर्णय गरेको छ ।
लिटिल एञ्जलका प्रिन्सीपल यादव गिरी, टोल विकास संस्थाका विर बहादुर घति, विष्णु बुढा, दिल बहादुर पुन, भागिमान घति लगाएतले आफ्ना विचार व्यक्त गर्नुभएको थियो । समितिले चैत अन्तिम शनिवारको बैठक निमावि गिठेपानीमा बस्ने निर्णय गरेको छ । त्यहा“ भयार स्थान, गिठेपानी, ,दिदि बहिनी, मिलिजुली र खरकटि टोलको सहभागिता गराईएने छ । समितिका सदस्य घनबहादुर रावतले विषय बस्तुको जानकारी एवं स्वागत बाट शुरु भएको बैठक सञ्चालन सचिव दिनेश वलीले गर्नुभएको थियो ।