ताजा अपडेट

...


२ सय ७४ महिला तथा बालबालीका हराए



इन्द्रेणी संवाददाता
दाङ, ५ चैत्

राप्तीमा ७ महिनाको अबधिमा २ सय७४ जना महिला तथा बालबालीका हराएका छन । आर्थिक बर्ष २०७२÷०७३ को साउन महिना यता वेपत्ता भएका ३ सय २४ जना मध्य ५० जना बालबालिका  सम्पर्कमा आएको अंचल प्रहरी कार्यालय राप्तीले जनाएको छ ।
अंचल प्रहरी कार्यालय राप्तीका प्रवक्ता तुलबहादुर कार्कीका अनुसार ७ महिनाको अवधिमा २ सय ७४ जना वालवालिका सम्पर्कमा आएका छैनन् । कार्यालयको अपराधअनुसन्धान शाखाका अनुसार दाङमा एक सय १६ महिला, ३० वालक र २८ वालिका सम्पर्क वाहिर रहेका छन ।

यसैगरी सल्यानमा १६ महिला, ४ वालक र ७बालीका हराएको प्रहरीले जनाएको छ । यस्तै, प्युठानमा २५ महिला, ३ वालक, ३बालीका, रोल्पामा महिला २०, बालक १५, बालीका १४ जना र रुकुममा महिला २७, बालक ९ र बालीका ७ हराएको प्रवक्ता कार्कीले बताउनुभयो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.