ताजा अपडेट

...


शहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन




जानकी दहित
दाङ, फागुन २२ 
विप्लव नेतृत्वको नेकपा माओवादी दाङले शहिद तथा वेपत्ता परिवारहरुलाई अभिनन्दन गरेको छ । २१ औं जनयुद्ध दिवसको अवसरमा २ सय ५० शहिद तथा वेपत्ता परिवारहरुलाई हिजो घोराहीमा एक कार्यक्रमको आयोजना गरी सम्मानपत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरिएको छ ।



नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द (आधार) ले सहिद तथा वेपत्ताका परिवारलाई अभिनन्दन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रिय सदस्य आधारले शहिदहरुले देखाएको बाटोमा आफूहरु अघि वढ्ने वताउनुभयो ।

जिल्ला सेक्रेटरी सित्तलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले अबको संघर्षका लागी शहिद परिवार प्ररणदायी बनेको बताउनुभयो । जिल्ला सचिवालय सदस्य विक्रमको स्वागतवाट सुरु भएको कार्यक्रमको सञ्चालन अमृतले गर्नुभएको थियो ।

फागुन १४ गते जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेको दिन र फागुन २१ गते झापाको सुखानी हत्याकाण्डको सम्झनामा माओवादीले प्रत्येक वर्ष शहिद सप्ताह मनाउदै आएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.