ताजा अपडेट

...


दाङमा छोराले आफ्नै आमाको हत्या गरे ( हत्यारा प्रहरी खोरमा )



इन्द्रेणी संवाददाता 
दाङ १३ चैत्त । लमही  नगरपालिका ८ अर्नवाका एक युवकले आफ्नै आमालाई कुटपिट गरि हत्या गरेका छन । कुटपिटबाट आमाको मृत्यु भएपछि प्रहरीले छोरा ३२ बर्षिय बिमल रावतलाई  नियन्त्रणमा लिएको छ । उनले आफ्नी ८० बर्षीया आमा गलादेबी रावतको हत्या गरेका हुन । गएको ८ गते मादक पदार्थ सेवन गरि आमा मंगलादेबीलाई निर्घात कुटपिट गरि बिमल फरार भएका थिए । मंगलादेबीको उपचारका क्रममा शुक्रबार राती राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा मृत्युभएको थियो ।

आमालाई कुटपिट गरि फरार भएका विमललाई जिल्ला प्रहरी कार्यालय दाङको सादा पोसाकका प्रहरीले सैघा गाबिस ९ लिथानबाट पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहिका प्रमुख प्रहरी निरीक्षक प्रेम खड्काले जानकारी दिए । घरमा सामान्य बिषयहरुमा पनि बिबाद भैरहने र मादक पदार्थ सेवन गरेका छोरा बिमलले मरणासन्न हुने गरि कुटपिट गरेर फरार भएका थिए । छिमेकीहरुले घाईते मंगलादेबिलाई अस्पतालमा पु¥याएका थिए ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.