ताजा अपडेट

...


घोराहीमा विकास पत्रकारिता तालिम सुरु



इन्द्रेनी संवाददाता
चैत्र, ५ दाङ । क्रान्तिकारी पत्रकार संघ दाङको आयोजना तथा जिल्ला विकास समिति दाङको सहयोगमा शुक्रवारदेखि घोराहीमा  विकास पत्रकारिता तालिम शुरु भएको छ । तालिमको एक कार्यक्रमका विच स्थानीय विकास अधिकारी रमेश गौतमले उदघाटन  गर्नुभएको थियो ।

तालिमकोउद्घाटन गर्दै स्थानिय विकास अधिकारी गौतमले जिल्लाको समग्र विकासमा विकास पत्रकारिताको महत्व अतुलनिय हुने भन्दै यसमा पत्रकारहरुलाई सकारात्मक र सृजनशील भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । जिल्लाको विकासका गतिविधिमा कहाँ कम्जोरी भएको छ,त्यसमा खवरदारी र कहाँ राम्रो काम भएको छ त्यसलाई सकारात्मकरुपमा उठाउन गौतमले पत्रकारहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले पत्रकारिता वाटो विराउनेहरुलाई ट्राकमा ल्याउन र राम्रो काम गर्नेहरुलाई सजकतापूर्णक अघि वढ्ने प्रेरणा दिने काम पत्रकारिताले गर्ने बताउनुभयो ।

 क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको कार्यक्रममा एनेकपा माओवादी नेता लुमाकान्त न्यौपाने ‘सागर’ ले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष दिवाकर पोख्रेलले गर्नुभएको थियो भने सञ्चालन सचिव पाण्डव शर्माले गर्नुभएको थियो । तीन दिन चल्ने तालिममा ३५ जना सहभागिता रहेको छ ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.