ताजा अपडेट

...


मोर्चाको नेताहरुले प्रधानमन्त्रीलाई भेट्ने



इन्द्रेणी संवाददाता
काठमाण्डौ, ५ चैत्र

मधेसी मोर्चाले आफ्ना माग पुरा गर्न दवाव दिँदै सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । गठबन्धनले साउन ३१ देखि मोर्चाले थालेको मधेस आन्दोलनका क्रममा उठेका मुद्दाको सम्बोधन, घाइतेको उपचार, मृत्यु भएको क्षतिपूर्ति, पक्राउ परेकोको रिहाइको माग सहित आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
मोर्चाले आन्दोलनको सुरुवातका रुपमा ज्ञापनपत्रलाई लिएको छ । चीन भ्रमणका विषयमा प्रधानमन्त्रीलाई भेटेर विरोध जनाउने मोर्चाको तयारी छ । पर्सी चीनको औपचारिक भ्रमणमा जान लाग्नुभएका ओलीले मोर्चा सहितको गठबन्धन टोलीसँग भेटघाटको समय तय गरिसक्नुभएको छैन ।

मोर्चाले समय मागेको तर प्रधानमन्त्री व्यस्त रहेकाले मिलाउन नसकिएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणको विरोधस्वरुप मोर्चाले भोलि शान्ति वाटिकामा विरोध प्रदर्शन समेत गर्ने तयारी गरेको छ । एक महिना अघि उस्तै प्रकृतिको भारत भ्रमणको भने मोर्चाले कुनै विरोध गरेको थिएन ।।


No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.