ताजा अपडेट

...


फिस्टेल एयरको हेलिकप्टर दुर्घटना



इन्द्रेनी संवाददाता 
चैत्र ,४ रसुवा।  रसुवाको लाङ्टाङको क्याङ्जेनमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको छ । धुन्चेबाट क्याङ्जेनका लागि राहत सामग्री पुर्याएर उड्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

रसुवा प्रहरीका अनुसार हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । रसुवाका डिएसपी अवधेस विष्टले भने ‘हेलिकप्टरको रोटर ठूलो आवाज गरेर उछिटियो । त्यसपछि हेलिकप्टर त्यही पल्टियो ।’

विष्टका अनुसार दुर्घटनामा कुनै मानविय क्षति भने हुन पाएन । हेलिकप्टरका पाइलट निकोलस सकुशल रहेको उनले जानकारी दिए ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.