ताजा अपडेट

...


एसिड हानेको अभियागमा दुई पक्राउ



इन्द्रेणी संवाददाता
घोराही, ३० फागुन

दाङमा प्रहरीले एक महिला माथी एसिड प्रहार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । घोराही नगरपालिका २ गुलरिया निबासी ३२ बर्षिया रिता चौधरी माथी अस्ती बेलुकी आफ्नै पसलमा एसिड प्रहार भएको थियो ।

उक्त घटनामा संलग्न भएको आशंकामा दुई युवालाई पक्राउ गरिएको र उनिह?को बयानले घटनामा संलग्न भन्ने खुलेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जना गुलरिया कै भए पनि प्रहरीले नाम गोप्य राखेको छ ।

एसपी कडायतले मुख्य योजनाकार अर्काे एक जना व्यक्ति भएको र उनको खोजि भइरहेको बताउनुभयो । व्यक्तिगत रिसिविका कारण एसीड आक्रमण भएको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको प्रहरीले बताएको छ । पक्राउ परेका वि?द्ध अनुसन्धान जारी रहेको र उनीह?माथि अभियोग प्रमाणित भएमा सार्वजनिक मुद्दा दायर गरेर कानुनी कारवाहीको प्रक्रिया सु? हुने उहाँको भनाई छ ।

विहीवार साँझ ७ बजेतिर चौधरीको किराना पसलमा हातमा पंजा र अनुहारमा मास्क लगाएर मोटरसाईकलमा आएका ती यूवा मध्य एकजनाले चुरोट र दालमोट किनेको केही वेरमा सिरिञ्जको प्रयोग गरि चौधरीमाथि एसीड प्रहार गरेको पिडितले बताएका छन् ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.