ताजा अपडेट

...


स्टार समीक्षाले गरिन् पीडितलाई सहयोग



इन्द्रेणी संवाददाता 
दाङ, चैत्र १० । श्रीमतीको उपचारमा चरम आर्थिक अभावझेलिरहेकासाहित्यकार, पत्रकार एवं चलचित्रकर्मी के.एल.पीडितलाईउत्सर्ग डान्सिङ स्टार२०७२ कीविजेता स्टार समीक्षापौडेलले रु.५ हजार सहयोग गरेकी छिन् । आफ्नै निवासमा रकम हस्तान्तरण गर्दै स्टार पौडेलले पीडितकी विरामीश्रीमतीशारदा बुढाथोकीको शीघ्र स्वास्थ्यलाभको कामनागर्दै कलाक्षेत्रमा समर्पित परिवारलाई सहयोग गर्न पाएकोमाआफू निकै गौरवान्वितभएको बताइन् । 


राप्ती क्षेत्रको कलासंस्कृतिको प्रवद्र्धन तथानवप्रतिभाहरुको उन्नयनमाअहोरात्र खटिएका पीडितलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै स्टार पौडेलले दुःखको बेला कसैले रमिता हेर्न नहुने बताइन् । सहयोग रकम ग्रहण गर्दै पत्रकार पीडितले स्टार पौडेललाई धन्यवाददिंदै उनको सहयोग र विचारबाट आफू निकै भावुकभएको बताए । साथै उनले कलाक्षेत्रबाट आजीवन राष्ट्रको सेवागर्ने विचार प्रकट गरे । 

विगत केहीवर्षदेखि अनेक रोगले ग्रस्त पीडितकी श्रीमती पछिल्लो समय पेट, छाती तथा पाठेघर सम्बन्धी समस्याले थलिनु भएको छ । द्वन्द्वकालमाकरिब ढेड वर्ष विस्थापितहुँदाउहाँमा हृदयरोग देखिएको र सो रोग पुनःबल्झिएको पीडितले बताउनु भयो । सामाजिक क्षेत्रमाक्रियाशीलहँुदाआफ्नो आर्थिक अवस्थाअत्यन्तनाजुकभएको बताउँदै पीडितले श्रीमतीको दीर्घकालीनउपाचारकालागि सहयोग गरिदिन सबैसंग अनुरोध गर्नु भएको छ । 


No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.