रेखा मगर
दाङ, १२ फागुन
दाङका सुनचाँदी व्यवसायीहरुले आज एक दिनका लागी आफ्नो सेवा वन्द गरेका छन । झण्डै तीन हप्ता पहिले घोराहीको शहिद उमेशमार्गमा रहेको चितवन सुनचाँदी पसलमा चोरी गर्नेलाई प्रहरी पक्राउ गर्न नसकेको भन्दै उनीहरुले आज पसल बन्द गरेका छन । प्रहरी र प्रशासनले घटनामा सलग्नहरुको पहिचान, पक्राउ र कारवाहीको दायमा ल्याउन नसकेको विरोधमा घोराही, तुलसीपुर, लमही र भालुवाङका सुनचाँदी व्यवसायीहरुले पसल वन्द गरेका हुन ।
सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष धुव्रकुमार गहतराज र महासचिव सोम सुनारले एक बिज्ञप्ती जारी गर्दे आज जिल्लाभर पसल बन्द गरेको कुरा उल्लेख पत्रकार जनक नेपालीले जानकारी दिनुभयो । बिज्ञप्तीमा चिवन सुनचाँदी पसलबाट सुनचादीका विभिन्न गर–गहना, चाँदीका सिक्का, नगद २० हजार गरी १५ लाख बरावरको चोरी भएको उल्लेख गरिएको छ ।
उक्त घटनाले व्यापारीहरु त्रसित बन्दै गएको उल्लेख गर्दे दोषीको पहिचान गरी कानुवमोजिक कार्वाही र चोरी भएको सामान फिर्ता गर्न माग गरिएको छ । घटनाको दोषी पहिचान गर्न नसके स्वयम व्यावसयीहरुले नै आफ्नो व्यावसायिक सुरक्षाका लागी आन्दोलनका कार्यक्रम गर्ने समेत उल्लेख गरिएको छ ।।