दीप बहादुर घर्ती
जाजरकोट, १२ फागुन
जाजरकोटको ९ औं जिल्ला परिषदमा २ अरव १४ करोड ५ लाख ३५ हजार २ सय ८ रुपैयाको वजेट प्रस्ताव गरिने भएको छ । मंगलवार जिविस सभा हलमा सम्पन्न एकीकृत योजना तर्जुमा गोष्टिले पास गरेका योजनाहरुको लागत उक्त वजेट प्रस्ताव गरिने भएको हो । जिल्ला परिषदमा विभिन्न ५ वटा विषयगत समिति मार्फत २ अरव १४ करोड ५ लाख ३५ हजार २ सय ८ रुपैयाको वजेट प्रस्तावित गरिने स्थानिय विकास अधिकारी ईन्द्र गौतमले जानकारी दिनुभयो ।
पाँच वटा विषयगत समितिमा पूर्वाधार तथा संरचना विकास तर्फ ५० करोड ५३ लाख ५६ हजार ६ सय ८०, कृषि वन तथा वातावरण तर्फ २१ करोड ३४ लाख ५९ हजार, जनसंख्या तथा सामाजिक विकास तर्फ १ अरव ३१ करोड ८३ लाख ९७ हजार ८ सय २८, प्रशासन तथा संगठन विकास तर्फ १ करोड ८७ लाख ९६ हजार ७ सय र भुमी तथा जलश्रोत तर्फ ८ करोड ४५ लाख २५ हजार प्रस्ताव गरिने गौतमले जानकारी दिनुयो ।।




