ताजा अपडेट

...


आयूष कटेजमा आगलागी




इन्द्रेणी संवाददाता
देउखुरी, १६ फागुन

लमही नगरपालीका वडा नं. ४ श्रीगाउँमा रहेको आयूष कटेजमा गएराती आगलागी हुदा १५ लाख वढीको क्षती भएको छ ।
राती साढे १० बजे तिर लागेको आगोले कटेज पूर्णरुपमा जलेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिए ।
के कती कारणले कटेजमा आगो लाग्यो भन्ने वारेमा थाहा नभएपनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.