ताजा अपडेट

...


कापी कलमको सट्टा ठेला




रेखा मगर
दाङ, ११ फागुन

घोराहीका रियाज अहमद अरु वालवालिका स्कुल जाने वेलामा ठेला गुडाएर वजारभरी घुमाउदै गरेको भेटिन्छन । १३ वर्षका उनी यतिवेला स्कुल ड्रेस र कापीकिताव वोक्न छाडेर पैसाका लागी कवाडी सामान जम्मा गर्न वाध्य छन । घोराही वजारमा उनी मात्र होईन उनकै भाई र अन्य साथीहरुसंग कवाडी समान खोज्नु उनको दैनिकी हो ।


कक्षा ३ सम्म पढेका अहमदले मुस्लिम भएकै कारण विद्यालयमा उपेक्षित हुनुमात्र हैन जसका कारण पढाई नै छाड्नुपरेको वताँउछन । स्कुलमा सरहरुले हामीहरुलाई ठिक छैनन् भनेर खिस्सी गर्न थालेपछि आफुहरुले स्कुल नै छोडेको उनीहरु वताँउछन । घोराहीकै मदरसा मुस्लिम स्कुलमा पढ्दै गरेका उनीहरुलाई शिक्षकहरुले नै अपहेलना गरेपछि स्कुल छाडेका हुन ।

आफ्ना अघिल्ला पुस्ता कोईलावासवाट घोराहीमा वसाई सरेको वताउने रियादले कवाडी सामान खोज्ने क्रममा विभिन्न दुख र लान्छना सहेका छन । आफ्नो घर र टोल भन्दा अलि टाढा जानुपरेमा ठेलाका सामान खोसिने, पैसा माग्ने र नदिएपछि कुटपटि गर्नेहरुले दुख दिएको दुखेसो पोख्छन । जन्म दर्ता सम्म हुन नपाएका ति मुस्लिम समुदायका वालकहरु पढ्न त चाहन्छन तर घरको अवस्था पनि कमजोर छ ।

कमाउने मान्छे नहुँदा घरमा वुढावुढी वुवाआमालाई पालनपोषण गर्न पनि यो पेशा अंगालेको उनीहरु वताँउछन । सरकारले शिक्षा सवैको पहुँचमा पु¥याउने भन्दै वालवालिकालाई अनिवार्य स्कुल पठाउने नीति ल्याएको छ । तरपनि उक्त नीति उनीहरुसमक्ष पुग्न सकेन उल्टो विद्यालयमा असमान व्यवहार भोग्नुपरेको उनीहरु वताँउछन ।

जिल्ला शिक्षा कार्यालय दाङका सहयाक जिल्ला शिक्षा अधिकारी । उहाँका अनुसार अहिले जिल्लामा विभिन्न कारणले विद्यालय जान नसकेका करिव ५ सय जना वालवालिका छन । रियाद जस्ता स्कुल जानवाट वन्चित भएकाहरुको लागी सरोकारवाला निकायको ध्यान जाओस ताकि कुनैपनि वालवालिका विद्यालय जानवाट वन्चित नहुन ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.