ताजा अपडेट

...


दाङ प्रालिले सेवा सुरु गर्ने




इन्द्रेणी सम्वाददाता 
दाङ, ११ फागुन
दाङमा स्थापना भएको दाङ यातायात सेवा प्रालिले आजबाट आफ्नो नियमित सेवा दिने भएको छ । प्रालिले पहिलो चरणमा आजदेखि दाङ–काठमाडौ रुटमा औपचारिक रुपमा नियमित सेवा दिन लागेको प्रालिका महासचिव मदनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रालिले आजबाट औपचारिक रुपमा सुरु गर्न लागेको हो । प्रालिले पहिलो र दोस्रो चरणमा गरेर रात्रीसेवाका लागि आवश्यक गाडीहरु जिल्लामा भित्राई सकेकाले अब नियमित सेवा दिन लागेको प्रालिका अध्यक्ष पिताम्वर कँडेलले बताउनुभयो । उहाँले पहिलो चरणमा दाङ–काठमाडौ रात्री सेवाका लागि प्रालिले बस सञ्चालन गर्न लागेको छ भने क्रमिक रुपमा सेवा विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।

दाङ काठमाडौ दिवा सेवासँंगै नेपालका विभिन्न जिल्लामा प्रालिले यातायात सेवा दिने तयारी समेत गरेको अध्यक्ष कडेलले जानकारी दिनुभयो । प्रालिले दाङ काठमाडौ रात्री सेवाका लागि भाडादर समेत कायम गरेको छ । महासचिव बस्नेतले दिएको जानकारी अनुसार अहिलेलाई दाङ काठमाडौ भाडा एक जना बराबर ९ सय ७५ रुपैया कायम गरिएको छ ।।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.