ताजा अपडेट

...


महोत्सवमा हेलिकोप्टर पनि



इन्द्रेणी सम्वाददाता
घोराही, ११ फागुन
दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेलामा हेलिकोप्टरबाट विभिन्न धार्मीक एवं पर्यटकिय क्षेत्रको अवलोकन गराईने भएको छ । यही फागुन २१ गते देखी घोराहीमा हुने महोत्सवमा पर्यटकहरुलाई राप्तीका तथा मध्यपश्चिमका पर्यटकीय तथा धार्मीक स्थलको हेलिकप्टरबाट अवलोकन गराईने भएको हो ।

महोत्सव आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघले महोत्सव अवधिभर दाङ उपत्यका, प्यूठानको स्वर्गद्धारी, रुकुमको स्यार्पुतालको अवलोकनको व्यवस्था गरिएको महोत्सव आयोजक मूल समितिका सहसंयोजक खड्गबहादुर बुढाथोकीले जानकारी दिनुभयो । साथै माग अनुसार महोत्सव मुगुको रारा तालसम्म पनि पुग्ने व्यवस्था गरिने छ ।

महोत्सव स्थल घोराही ५ नवलपुरमा स्टल निर्माण, बाल उद्यान, मुख्य मञ्च निर्माण, महोत्सव स्थल घेराउ लगायतका काम भईरहेको छ । उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास भन्ने मूल नाराका साथ २१ गतेबाट सुरु हने महोत्सव ३० गते सम्म चल्ने छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.