ताजा अपडेट

...


फोहर व्यवस्थापनमा लालमटियाबासी




इन्द्रेणी सम्वाददाता
भालुवाङ्ग १२ फागुन

बिगतका दिनमा भालुवाङ्ग पुल्चोक बजारमा बढ्दै गएको फोहर व्यवस्थापनलाई मात्र कसरी दिर्घकालिन व्यवस्थापन गर्ने भन्दै छलफल गरिदै आएको थियो । दर्जनौ पटक विभिन्न सरोकारवालाहरु संग छलफल र बैठक बस्दै आएको भए पनि दिर्घकालिन फोहर व्यवस्थापन गर्न नेपाल सरकारद्धारा स्वीकृत भएको अत्याधुनिक सुविधा सम्पन्न ल्याण्डफिलसाईत निर्माणका लागि राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङ्ग संग ठाउँको बिषयमा सहमति हुन नसक्दा अन्योलमा परेको भए पनि अब तत्काल ल्याण्डफिल निर्माण कार्य अगाडी बढाउने गरी एक पटक फेरि लालमटियाबासी सक्रिय भएका छन् ।
राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गको आयोजनामा मंगलबार संघकै सभाहलमा फोहर व्यवस्थापन तथा ल्याण्डफिल निर्माण लागि भएको सर्वदलीय सर्वपक्षीय भेलाले अब भालुवाङ्ग पुल्चोक बजारको फोहर व्यवस्थापन मात्र नभई सिंगो लालमटिया गाविसकै दिर्घकालिन फोहर व्यवस्थापनका लागि प्राविधिक तथा सरोकारवालाहरुले छनोट गरी तयार भएर आएको अत्याधुनिक सुविधा सम्पन्न ल्याण्डफिल गुरुयोजना सोही ठाउँ मै तत्काल निर्माण कार्य सुरुवात गर्ने गरी ल्याण्डफिल निर्माण समन्वय समिती गठन गरेको छ ।
नगरउन्मुख गाविसमा सुविधा सम्पन्न ल्याण्डफिल निर्माणको अवधारणा अनुरुप जसरी भए पनि यस बर्ष देखि उक्त ल्याण्डफिल निर्माण कार्य सुरुवात गर्ने गरी लालमटिया गाविस सचिव दामोदर पोख्रेलको संयोजकत्वमा उक्त ल्याण्डफिल निर्माण समन्वय समिती गठन गरिएको हो । गठित उक्त समितीको सदस्यहरुमा गाविसमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनितिक दल, भालुवाङ्ग नगर विकास समिती, राप्ती उद्योग बाणिज्य संघ, ईलाका प्रहरी कार्यालय भालुवाङ्ग, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्ग, गाविसका सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह, सम्पूर्ण खानेपानी तथा सरसफाई उभोक्ता समिती, लालमटिया स्वास्थ्य चौकी, पशु सेवा कार्यालय, पशु क्वारेन्टाईम, हुलाक कार्यालय र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्ग रहेका छन् ।
गठित समितिले प्राविधिक तथा स्थानिय सरोकारवालाहरुले छनोट गरी स्वीकृत भई आएको ल्याण्डफिल निर्माणका लागि सम्बन्धित राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङ्गका कार्य समिती संग पुन छलफल गरी सहमति गराई निर्माण कार्य अगाडी बढाउने बताईएको छ । स्थानिय विकास मन्त्रालय अन्र्तगत साना सिँचाई कार्यक्रमको १ करोड ९७ लाख लागत स्टिमेट रहेको उक्त ल्याण्डफिल गुरुयोजना अन्र्तगत यस चालु आर्थिक बर्ष २०७२÷०७३ का लागि २० लाख रकम बिनियोजन भएको गाविस सचिव दामोदर पोख्रेलले जानकारी दिनु भयो ।
क्रमागत योजना अन्र्तगत यस बर्ष उक्त २० लाख बजेट बिनियोजन भएको सचिव पोख्रेलले बताउनु भयो । यो बजेट प्रत्येक बर्ष बढेर बनाउन र निर्माण कार्य गर्दा अपुग भए थप बजेट विनियोजन हुने पोख्रेलले बताउनु भयो । गत बर्ष राप्ती सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुले बिरोद्ध गरे पछि ल्याण्डफिल साईट निर्माणका लागि बिनियोजन भएको १५ लाख बजेट फिर्ता भएको थियो । संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा सर्वदलीय सर्वपक्षीय भेला भएको हो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.