ताजा अपडेट

...


दाङ महोत्सवमा रेस्लीङ



इन्द्रेणी सम्बाददाता 
दाङ, फागुन । दाङ जिल्ला उद्योग वाणीज्य संघले यही फागुन २१ देखी ३० गतेसम्म घोराहीमा आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” मा रेस्लीङ हुने भएको छ । महोत्सवमा “रेस्लीङ महाभिडन्त” हुने आयोजक मूल समितिले बताएको छ । रेस्लीङ महाभिडन्त मध्यपश्चिम मै पहिलोपटक दाङमा हुन लागेको हो ।

 “उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा यसवर्ष महाभिडन्त हुने मूल समितिका सहसंयोजक खड्गबहादुर बुढाथोकीले जानकारी दिनुभयो । महोत्सवमा फागुन २७ देखी २९ गतेसम्म रेस्लीङ महाभिडन्त हुने उहाँले बताउनुभयो । हिमालयन टाईगर प्रो. रेस्लीङ एशोसियसनको प्रस्तुति र उद्योग वाणीज्य संघको आयोजनामा मनोरञ्जनकालागी रेस्लीङ महाभिडन्त हुने उहाँले बताउनुभयो ।

 जसकालागी १२ जना खेलाडीहरुको टिम दाङ आउने छ । दर्शकहरुहरुको अत्यधिक माग भएकाले महोत्सवमा रेस्लीङ महाभिडन्तको आयोजना गरिएको सहसंयोजक बुढाथोकीले बताउनुभयो । हिमालय टाईगरसँग रेस्लीङकालागी सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.