"प्रेमगीत" युट्युव कभर सङ्ग प्रतिस्पर्धाका उत्कृष्ट १५ छनोट
फाल्गुन १०, सोमवाररिलिज पुर्व नै फिल्मप्रेमी तथा संगितप्रेमीहरुलाई लक्षित गर्दै फिल्म " प्रेमगीत" ले आयोजना गरेको शिर्ष गीत कभर सङ्ग प्रतिस्पर्धाको उत्कृष्ट पन्ध्रको सुची सार्वजनिक गरिएको छ । दोश्रो हप्तामा प्रदर्शनतर फिल्मको शिर्ष गीत म यस्तो गीत गाउँछुुलाई कभर गर्दै युट्युव दर्शकको आधारमा उत्कृष्ट १० जना र गायन प्रतिभाको आधारमा पाँच जनाको अन्तिम नामावली सार्वजनिक गरिएक हो ।
पाँच सय बढिले सहभागिता जनाएको प्रतियोगितामा युट्युव दर्शकको आधारमा छानिने उत्कृष्ट १० मा पर्नेहरुमा पहिलो नम्बरमा दाङ का पत्रकार तथा गाएक देवेन्द्र बस्नेत छन् । उनले गाएर युट्युवमा अपलोड गरिएको भिडियो सोमबार दिउँसो १२ बजेसम्म २१ हजार ३ सय ७ जनाले हेरेका छन् । त्यस्तै दोश्रो नम्बरमा सुनिता थेगिनको स्वरबद्ध गीत १८ हजार ८ सय ९३ जनाले हेरेका छन् ।
त्यसपश्चात युट्युवमा सर्वाधिक दर्शकबाट छानिएका अन्य उत्कृष्ट नामहरुमा सुदिप पाण्डे, दिलिपकुमार पाण्डे, सागर राई, मन्दिप उप्रेती, सागर पाण्डे, गौरब लिम्बु तथा जुनु प्रसाईं ९संयुक्त०, केदार भट्ट र रामप्रसाद भट्टराई छन् । त्यस्तै गायन प्रतिभाबाट उत्कृष्ट पाँच छनोट हुनेमा मानभ शाह र श्रेया नेपाल संयुक्त नविन काफ्ले, पुरुषोत्तम सुवेदी, मिराज थापा र अञ्जली सुनाम ९संयुक्त० र जिवेश गुरुङ छन् । संगीतकार अर्जुन पोखरेल सहितको जुरी टिमले गायनमा उत्कृष्टता खोज्दै प्रतिभावान पाँच नाम छनोट गरेको हो ।
सांगीतिक तथ गायन क्षेत्रमा रुची राख्नेहरुको प्रतिभालाई अगाडी ल्याउने हेतुले फिल्म प्रेमगीत युनिटले गत मंसिर ११ गते एक कार्यक्रमका बीच फिल्मको शिर्ष गीत सार्वजनिक गर्दै यो प्रतियिगिताको घोषणा गरेको थियो । भने आउँदो फागुन २० गते उत्कृष्ट एक जनाको नाम घोषणा गर्दै १ लाख धनराशीको पुरस्कार प्रदान गरिने फिल्म निर्माण टिमले बताएको छ । भने अन्यलाई १४ जनालाई स्पेसल गिफ्टको व्यवस्था गरिने बताईएको छ ।
सन्तोष सेनको लगानीमा सुदर्शन थापाले निर्देशन गरेको फिल्म सफलताका साथ दोश्रो हप्तामा चलिरहेको छ । लभस्टोरी जनराको फिल्ममा प्रदिप खड्का र पूजा शर्मा लिड रोलमा छन् । फिल्म माघ २९ बाट प्रदर्शनमा आएको थियो । फिल्मी खबरमा समाचार छ ।





