ताजा अपडेट

...


महिलाहरुको ज्यान जोखिममा




ईन्द्रेणी सम्वाददाता
रोल्पा, १६ माघ
जिल्लामा सुरक्षित गर्भपतन सेवा नहुँदा रोल्पाका महिलाहरुको ज्यान जोखिममा रहेको छ । विगत ३ महिनादेखी सुरक्षित गर्भपतन सेवा समेत बन्द हुँदा झन समस्या थपिएको छ । जिल्ला अस्पताल रोल्पाका निमित्त प्रमुख डा. सन्तोष सिर्पाइलीले तालिम प्राप्त जनशक्ति नहुदा सेवा बन्द गर्नु परेको वताउनुभयो ।


दैनिक ३÷४ जना महिलाहरु सुरक्षित गर्भपतन सेवा लिनका लागि जिल्ला अस्पताल पुग्ने गरेकोमा उक्त सेवा अहिले वन्द छ । विकट गाँउवाट घण्टौ र दिनको वाटो हिडेर सदरमुकाम पुगेपनि धेरै महिलाहरु सुरक्षित गर्भपतन सेवाबाट बन्चित भएका हुन । जिल्लामा सेवा दिन नसकेपछि प्युठान र दाङ पठाउने गरिएको अस्पतालले वताएको छ ।

सन्तानको रहर पुगेका तथा असुरक्षित रुपमा गर्भ रहन पुगेका महिलाहरुले सुरक्षित गर्भपतनको  लागि अस्पताल पुग्दा पनि निराश हुँदै घर फर्किनुपर्ने वाध्यता छ भने धेरै पैसा खर्च गरेर दाङ लगाएत नेपालगञ्ज, बुटवल सम्म पुग्नुपर्ने अवस्था छ । जिल्लाकै एक मात्र अस्पताल जिल्ला अस्पतालमा सुरक्षित प्रसुति सेवा मात्र नभएर अन्य थुप्रै सेवाहरु पनि बन्द रहेको वताएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.