इन्द्रेणी समाचारदाता
रापती समाजले आगामी मंसिर १ गते दाङको घोराहीमा चौथो रापती म्युजीक अवार्ड २०७१ आयोजना गर्ने भएको छ । रापती समाजले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १ गतेका दिन म्यूजिक अवार्ड गर्ने जानकारी दिएको उक्त कार्यक्रममा राप्ती अञ्चलवाट गीतसंगीतमा महत्वपुर्ण टेवा पुर्याएका विभिन्न कलाकारहरुलाई सम्मन गरिने आयोजकले जनाएको छ । त्यस दिन घोराहीको ट्राफिक चोकबाट आफ्नो संस्कृति झल्कने झाँकी निकालिने पनि आयोजकले जानकारी गराईएको छ ।
समाजका केन्द्रिय अध्यक्ष शशी शर्मा मज्गैंयाको अध्यक्षता एबम् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो । अवार्डमका सहभागीता जनाउनेहरुका लागी एक हजार रुपैंयाको टिकटको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।।
घोराहीको गणेश चलचीत्र मन्दिरमा मद्यान्ह १२ बजे देखि हुने कार्यक्रममा बिभिन्न प्रकृतिका २६ वटा अवार्डका बिधाहरु प्रदान गरिने बताईएको छ ।





