रेखा मगर
दाङ, २४ कार्तिक । दाङको देउखरीमा पेट्रोलियम पदार्थको कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले दैनिक हाजिर हुने शर्तमा छाडेको छ । लमहीमा १९ बोत्तल पेट्रोल सहित राप्ती टेन्ट हाउसका सञ्चालक ५० बर्षिय अब्दुल वहाव र फ्रेस हाउस सञ्चालक ४६ बर्षिय महवुल मनिहारलाई सुध्रिन्छौ भनेपछि मुद्धा नचलाएर छाडेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण वहादुर शाहीले जानकारी दिनुभयो ।
पक्राउ परेका ब्यक्तिहरुले सुध्रिन्छौं भनेपछी दैनिक हाजिर हुने सर्तमा कालोबजारी ऐन अन्र्तगत मुद्धा नचलाएको शाहीले वताउनुभयो ।विशेष सुचनाका आधारमा पेट्रोल विक्रिका लागि मिनरलवाटरको वोत्तलमा राखीएको अवस्थामा पक्राउ गरिएका थियो ।
एक बोत्तलको एक सय ४० देिख २०० रुपैयाँ सम्ममा विक्रि गर्दै आएको खुलेको थियो । कृष्ण नगरवाट पेट्रोल लिएर स्थानीय बजारमा महङ्गोमा विक्रि वितरण गर्दै आएको पाईएपछी प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।।





