इन्द्रेणी सम्बाददाता
दाङ, ८ मंसिर । नाकाबन्दीको प्रत्यक्ष असर ग्रामिण र पहाडी क्षेत्रमा पनि पर्दा जनजीवन कष्टपूर्ण वन्दै गएको छ । २ महिनादेखीको नाकावन्दीले ग्रामिण भेग र पहाडी जिल्लाका सर्वसाधारण अत्यावश्यक सामाग्री पाउनवाट वन्चित छन भने स्वास्थ्य सेवावाट वन्चित भएका छन ।
गाडीहरुले सहज रुपमा डिजल नपाएर धुवानी ठप्प हँदा अत्यावश्यक सामाग्रीको अभाव छ भने गाँउमा उत्पादित सामाग्री निर्यात गर्न समस्या भएको छ । स्वास्थ्य सेवावाट वन्चित भएका ग्रामिण भेगका सर्वसाधारण वाहिरी अस्पतालमा पुग्न समस्या भएको छ ।
अस्पतालहरुमा अत्यावश्यक औषधिको चरम अभाव हुँदा स्वास्थ्य उपचार पनि प्रभावित हुँदै गएको छ । पहाडी जिल्लाबाट उपचारका लागि आउने विरामीहरु यातायात सेवा नहुँदा मारमा परेका छन । यस्तै अत्यावश्यक औषधि नपुग्दा वालवालिका, वृद्धवृद्धाहरु वढि प्रभावित भएका छन । नाकावन्दीले प्रभावित शहरी क्षेत्रका नागरीक पनि महिनौदेखी अभावका विच जीवन यापन गरिरहेका छन ।।
रोजगारीको शिलशिलामा विदेशमा मृत्यु भएका रोल्पाका एक युवकको शव नेपाल ल्याउन पहल थालिएको छ । लिबाङ ९ बाईगाउँका पुष्कर गुरुङको शब आज नेपाल ल्याउने तयारी भएको छ । मंसिर २ गते पानीको नालामा डुबेर मृत्यु भएका गुरुङको शब एकसाता पछि नेपाल ल्याउन लागिएको हो ।
मलेशिया स्थित ईजिवेसोलुसन कम्पनीमा सेक्युरिटि गार्डका रुपमा काम गर्दै आएका गुरुङको फोहोरपानीको नालामा डुबेर मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । गुरुङ काठमाण्डौंको पुरानो बानेश्वर स्थित केयरमेनीज बेसोलुसन म्यानपावरबाट बैदेसिक रोजगारीमा गएको वताईएको छ ।
यस्तै, गत भदो महिनामा रौल्पाकै एक युवकको शब नेपाल ल्याईएको थियो । कोर्चाबाङका एक युवकको शब भने मृत्यु भएको एक वर्षपछि नेपाल ल्याईएको थियो । विदेशा रहेका नेपालीहरुको विभिन्न कारणले दैनिक मृत्यु हुने गरेको छ ।





