ताजा अपडेट

...


आधारभूत सुबिधा छैन नगरपालिकामा



रेखा मगर
दाङ, २९ कार्तिक ।  दाङ त्रिपुर नगरपालिका ९ का स्थानीयलाई सञ्चार र बाटोको सुविधा नहुँदा समस्या भएको छ । सञ्चार र सडक सञ्जाल नपुग्दा त्यहाँका सैयौं घरपरिवार समस्यामा परेका हुन । पहिले हापुर गाविसभित्र पर्ने उक्त वडा अहिले त्रिपुर नगरपालिकामा रहेको छ ।

अहिले नगर क्षेत्रभित्र पर्ने त्यस भेगका गुरौ, माथिल्लो गुरौ र रोल्पा डुव्रिङ ४ भलारका स्थानीयहरु आधारभुत सुविधावाट बन्चित भएका हुन । दाङको विकट क्षेत्र मानिएको त्यस क्षेत्रमा सरकार र नगरपालिकाको कुनैपनि लक्षित योजनाका वारेमा आफुहरुलाई जानकारी नभएको स्थानीय सुवर्ण शाहको गुनासो छ ।

अफ्ठेरो वाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने वाध्यता र सामान ढुवानी गर्न घोडा हिड्न सम्म नसक्ने अवस्था रहेको स्थानीय रीमा शाहको भनाई छ । वाटोघाटो र टेलिफोन अभावले त्यहाँका सर्वसाधारणलाई विदेशमा रहेका आफन्तजन र घरपरिवारसंग सम्पर्कविहिन भएका छन भने गाँउमा उत्पादित सामाग्री ढुवानीमा समस्या भएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.