ताजा अपडेट

...


देश टुक्र्याउने मागकै कारण वार्ता असफल





वन तथा भू–संरक्षण मन्त्री अग्नि सापकोटा
इन्द्रेणी समाचारदाता 
भक्तपुर, २४ कात्तिक । वन तथा भू–संरक्षण मन्त्री अग्नि सापकोटाले देश टुक्र्याउने खालको माग राखेकै कारण आन्दोलनरत मधेसवादी दल र सरकारबीचको वार्ताले पूर्णता पाउन नसकेको बताउनुभएको छ ।

रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मधेस आन्दोलनका जायज माग भने सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो ।

भारतको नाकाबन्दीसँगै चीनतर्फको दुई नाकालाई तत्काल सुचारु गरेर नेपालीको चुलो बाल्ने अवस्थाको सिर्जना गर्न सरकार लागिरहेको उहाँको भनाइ थियो ।

मन्त्री सापकोटाले भारतले विगतमा पनि नाकाबन्दी लगाएको अनुभवलाई विगतका सरकारहरुले सम्झेर काम गर्न नसक्दा नेपाली आत्मनिर्भर बन्न नसकेको उल्लेख गर्नुभयो ।

बढ्दो वन तस्करीलाई नियन्त्रण गर्न सरकारले विशेष कानुन ल्याउन लागेको बताउँदै उहाँले धार्मिक आडमा वन अतिक्रमण गरेर बसेकालाई समेत कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.