इन्द्रेणी सम्बाददाता
प्तरीमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको ज्यान गएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी र भारदहमा प्रहरी र प्रदर्शनकारीबिच गएराति भएको झडपको क्रममा दुई जनाको ज्यान गएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नारायण चिमोरियाले जानकारी दिनुभयो ।
रुपनी र भारदहमा एक एक जनाको ज्यान गएको र ज्यान जानेको सनाखत नभएको प्रहरीले जनाएको छ । गोली लागेर १७ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।झडपपछि स्थानीय प्रशासनले सदरमुकाम राजविराजको अञ्चल प्रहरी कार्यालयबाट नगर प्रहरी कार्यालयसम्म तथा रुपनी र भारदहमा कर्फ्यु लगाएको छ