ताजा अपडेट

...


पर्यटन प्रवद्र्धन गर्न ६ लाख राशीको प्रतियोगिता




मंसिर ८ काठमाण्डौ
अघोषित नाकाबन्दी र भूकम्पपछि धराशायी बनेको पर्यटन उद्योगलाई उकास्न ६ लाख रुपैया राशीको प्रतियोगिता हुदैछ । जल पर्यटनलाई प्रवद्र्धन गर्न यस्तो प्रतियोगिता आयोजना भएको हो । नेपाल एशोसियन अफ ¥याफ्टिङ एजेन्सीज(नारा)को आयोजनामा यही नोभेम्बर २७ अर्थात मंसिर ११ गतेदेखि तीन दिन प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजयी प्रतियोगिले तीन विधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।  प्रथमले एक लाख, द्वितियले ६५ हजार र तृतीयले ३५ हजार रुपैया  हात पार्ने भएका छन् । 
१४ औ हिमालय ह्रवाइट वाटर च्यालेन्ज २०१५ प्रतियोगितामा मुख्य तीन इभेन्ट रहने छन्, चितवनस्थित त्रिशुली नदीको फिस्लङमा हुने कार्यक्रममा ५ सय बढीको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा  कायाक स्लालोम, कायाक बोटर क्रस र कायाक फ्रिस्टाइल विधा अन्तरगत सिनियर, जुनियर र महिला छुट्टा छुट्टै खेलाइने नाराकी कार्यकारी केन्द्रयि समिति सदस्य रिता अधिकारीले जानकारी गराउनु भएको छ । भुकम्प र नाकाबन्दीले नेपालको पर्यटन क्षेत्र धराशयी बन्दै गएकोले विश्वभर नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिन प्रतियोगिता गर्न लागेको बताउनु भयो, नेपालको पर्यटन विकासको लागि प्रतियोगिता निकै फलदायी हुने अपेक्षा गर्नुभयो । उहाँका अनुसार नेपाल बाहेक बीस मुलुकका प्रतियोगीहरु सहभागी हुने भएका छन् ।
प्रतियोगितामा सहभागी हुनेले विदेशीको हकमा ४५ डलर र नेपालीका लागि २ हजार पाँच सय तोकिएको नाराले बताएको छ । विगत तेह्देखि नाराले यस्ता कार्यक्रमहरु गर्दै आएको छ । २५ लाख बजेट खर्चको अनुमान गरिएको कार्यक्रममा नेपाली सहित विदेशीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । जल पर्यटनको हिसाबले नेपाल उत्कृष्ट गन्तव्य भएको पर्यटन सम्बद्धहरु बताउँछन् । जलपर्यटनका लागि नेपालमा १६ वटा नदीलाई सरकारले खुला गरेको छ । त्यस मध्ये भोटेकोशी, सुनकोशी र कर्णाली ¥याफ्टिङका लागि विश्वमा दश मध्ये उत्कृष्ट मानिन्छन् । दश उत्कृष्ट नदी मध्ये भोटेकोशी पाँचौ, सुनकोशी सातौ र कर्णाली दशौ स्थानमा पर्दछन् । 
१२ निजी कम्पनीहरुले कार्यक्रमका लागि स्पोन्सर गरेका छन्, प्याडल नेपाल प्रालि,इक्वाइडर एक्सपिडिसन प्रालि,वेभ सर्पाेट प्रालि,पिक यूके प्रालि,बाबु एडभेन्चर प्रालि,गणेश कायाकिङ शोप,सिल्करोड क्याफे,होटेल द कष्ट प्रालि,एडभेन्चर इभ्स प्रालि,जिआरजि प्रालि,रोयल बीच प्रालि र हिमालयन प्याराग्लाडिङ प्रालि रहेका छन् ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.