ऋतु विचारको स्थलगत विशेष रिर्पाेर्ट
आयोजना दशकौ लम्बाउने को को जिम्मेवार हुन ?
हुन त माडी क्षेत्रको उर्वर माटोमा सुन फलाउन भन्दै लुग्री माडी सिचाई आयोजना तीन दशक पहिलदेखि आरम्भ भएको हो । तर दशकौ वितेपनि जिम्मेवारहरुको लापरवाहीका कारण यतिबेलासम्म गतिहिन बनेको छ । विसं २०४२ मा सर्वे भइ बि.संं २०४४ देखि नहर निर्माण काम थालिएपनि कुटुनबुरीको धन्दा जस्तै बनेको छ परियोजना ।विसं २०४४ देखि विसं २०६३ आइपुग्दा नहर आयोजनाले करिब साढे चार करोड निलिसकेको तथ्याँक छ, करिब बीस वर्षमा नहरले खासै परिणाम दिन सकेन । यसैगरि करिब एक दशक यता नहरमा सरकारी लगानी चौध करोड रुपैयामाथि पुगेको छ भने जनश्रमदान एक करोड बढी छ ।
पन्ध्र करोडले उकालो काट्दै गर्दा पनि परियोजना सफल हुन्छ या हुदैन अझै भर पर्ने अवस्था छैन । यद्यपी पछिल्लो चरणमा कामका प्रकृति हेर्दा केही गति देखिएपनि विगतको नजिरले परियोजनाको विश्वसनीयतामाथि प्रश्न उठाइदिएको छ । विगतमा हुदै आएका सरकारी काम कहिले जाला घाम भन्ने प्रवृत्तीका कारण परियोजना विलम्ब भएको घाम जस्तै छर्लगं छ । सरकारी उदाशिनता, राजनीतिक गर्ने अगुवा, सम्बन्धित कार्यालयहरुको गैर जिम्मेवारी नै मुख्य कारण भएको स्थानीयहरुको प्रतिक्रृया छ,
![]() |
| ऋतु विचार |
बहुउदेश्यका साथ सिचाई र विद्युतीकरण गर्ने लक्ष्यका साथ आयोजना तीन दशक अघिदेखि संचालनमा छ , ६ सय चालिस हेक्टर खेती योग्य जमिनमा सिचाई गर्ने उदेश्य भएको आयोजना विद्युतीकरणको सपना सपना नै हुने भएको छ भने सिचाईको लक्ष्यमा समेत प्रश्न उठाइदिएको छ । यद्यपी कछुवा तालमा भएपनि निर्माण कार्य बर्षेनी हुदै आएका छन् । तत्कालीन सरकार, आइ एल सी, नेपाल सिचाई परियोजनाबाट ४ करोड त्रिपन्न लाख ६१ हजारको लागतमा परियोजना संचालन गरिने भएको थियो । २४ किलोमिटर लम्बाइ भएको नहर बहुउदेश्यीय लक्ष्यका साथ आयोजना अगाडि सारिएपनि त्यसो हुन सकेन । करिब तीन दशकपछि आयोजना धकेलिदै गयो । सरकारी अदुरदर्शिता र कामको अपारदर्शीताकै कारण आयोजनाले हावा खाएको हो ।
ग्रामीण विद्युतीकरण र सिचाई गर्ने लक्ष्यकासाथ अगाडि सारिएको बहुप्रतिक्षित सिचाई आयोजनाले यतिबेला सम्म पन्ध्र करोड बढी पूजीको खर्च बेहोरेको छ, २४ किलोमिटर लम्बाइ भएको आयोजना यतिबेला अन्तमा १२ .२७९ किमि लम्बाइमा सिमित हुने भएको छ । खुम्चिदै गएको परियोजनाको वर्षेनी लम्बाई परिणाम घट्दै गएपनि लगानी भने अनेपेक्षित रुपमा बद्दै गएको छ ।
![]() |
| सारी प्यूठान |
यद्यपी लगानी बढेपनि पछिल्लो चरणमा केही देखिने काम त भएका छन् तर पर्याप्त हुन सकेको छैन । पछिल्लो तथ्याँक अनुसार नहरले तीन किलोमिटर दुरी पुरा गरेको छ, तीन किलोमिटरसम्म पानी चुहिने पक्का भएको छ , तर तीन दशकमा तीन किलोमिटर नहर पुरा हुनु लज्जाको विषय भएको छ, सरकारी उदाशिनता सिमित व्यक्ति स्वार्थका कारण आयोजना कसैको दुहुनो गाई बन्नाले यो हविगत भएको सर्वत्र आरोप लाग्दै आएको छ । केही सीमिति टाठाबाठा व्यक्तीहरु र सरकारी कर्मचारीको मिलेमतोमा परियोजना लम्बाउने खेल हुदै आएको स्थानीयहरुको आरोप छ । जसका कारण परियोजना यसरी थला परेको उनीहरुको तर्क छ ।
आयोजनाले माडी क्षेत्रको अपेक्षामाथि किन बलात ?
माडी क्षेत्र कृषी उत्पादनले निकै उर्वर मानिन्छ, त्यही भएर नै तीन दशक अघि तत्कालीन राजा विरेन्द्रको हुकुम बक्सबाट लुंग्री माडी सिचाई आयोजना संचालन गर्न थालिएको हो । माडी नदीको आसपासका विशाल फाँटहरुमा सुन फलाउने र कृषकको जीवन सुधार गर्न भन्दै बहुउदेश्यीय परियोजना कार्यान्वयनमा लगियो । तर जुन लक्ष्यका साथ आयोजना संचालन गरियो त्यो लक्ष्य प्राप्त भने अझै हुन सकेको छैन । यद्यपी माडीबासी परियोजना पुरा हुन्छ कि भन्ने आशाको त्यान्द्रो समाएर कुरीरहेका छन् , आवस्यक श्रमदान पनि गरिरहेका छन् सरकारले वर्षेनी बजेट पनि छुट्याएको छ तर कामको परिणाम अपेक्षाकृत हुन नसक्ता माडीबासी चिन्तित छन् ।
माडी क्षेत्रका केही रोल्पाका भाग अनि प्यूठानका सारी बेलबास बर्जिबाङहुदै चाल्नेटारसम्म सिचाई तथा विद्युतीकरण गर्न सकिने संभाव्यता अध्ययन भएको थियो । त्यही लक्ष्यका साथ कार्य अगाडि बढाइपनि सरकारी ढीलासुस्ती लाचारीपन स्थानीय राजनीतिक अगुवाहरुको बेवास्ताका कारण यो लक्ष्य अब करिब पुरा हुने छाँटकाट छैन, हदैसम्म भए सारी गाविसमा पानी जेनतेन पुग्ने झिनो आशा गरिएको छ । यद्यपी पछिल्लो चरणमा सरकारी तहबाट केही पहल देखिएकोले माडी क्षेत्रको सारी गाविसको केही भागमा पानी चुहिन्छ कि भन्ने अपेक्षा जिवितै छ । अपेक्षा अनुसचार परियोजना पुरा भए स्थानीय कृषकको जीवनमा परिवर्तन ल्याउन सक्नेछ । हजारौ विगाह जमिन बाँझो रहेको बेला पानी आइपुगे उर्वर माटो सिचाई गरि स्थानीय युवाहरुलाई रोजगारी दिन सकिने छ । सिचाई सुविधाले विशेष गरि युवा र महिलालाई विशेष योगदान रहने भएकोले अबिलम्व परियोजना पुरा हुनु पर्ने स्थानीय कृषक महिला गौरी भट्टराइले बताईन् ।
![]() |
| लुंग्री माडी सिचाई आयोजनाको नहर बक्स |
माडी क्षेत्र वर्षमा तीन पटक खेतिपाती गर्न सकिन्छ, खाद्यान्न तरकारी तेलहन, दलहन पशुपालन जस्ता कृषीका आयामहरु माडी क्षेत्रका कृषी संभाव्यता हुन् । यद्यपी पानीको अभावमा कृषीमा उद्यमीकरण सपना पुरा गर्न सकिएको छैन । कृषकहरु सयौ विगाह जमिन बाँझै राखेर विदेशी भूमिमा जान बाध्य छन् । जीवन निर्वाहमूखी खेतिप्रणाली उनीहरुको बाध्यता छ, तैपनि सरकारले पानी पुराउन सक्तैन तर कृषी कार्यक्रम भनेर माडी क्षेत्र पुग्छ । यस्ता सरकारी विरोधभाष पूर्ण व्यवहारले माडीको कृषी रुपान्तरणको योजनालाई तुहाइदिएको छ । प्रतिहेक्टर १ लाख १२ हजारका दरले २४ किलोमिटर लम्बाइको नहर बनाउने गरि आयोजना अगाडि ल्याइएको हो । आयोजनाले ६४० हेक्टर जमिन सिचाइ गर्ने र त्यस्मा समुदायको १५प्रतिशत श्रमदान रहने भनिएको थियो , निर्धारित समयमा सरकारी परियोजनाले परिणाम दिन छोडेपछि यतिबेला दुइ सय चालिस हेक्टरमा खुम्चिएको छ । संभाव्यता अध्ययन विनाको परियोजना भएकोले अपेक्षा गरे अनुसार हुन नसकेकोले अन्तमा नहरको लम्बाइ घटेको डिभिजन कार्यालयले दावी गरेको छ । यो दावीले चाल्नेटारसम्मको नहर अनि विद्युतीकरणको सवाललाई नामेट गरेको प्रष्ट हुन्छ ।
आयोजना कहिले पुरा हुोला त ?
हुन त बाजेले देखेको लुँग्री माडी सिचाई परियोजना यतिबेला नातीले पनि निर्माणाधिन अवस्थामा देख्न परिरहेको छ, लुँग्री नदीको जलले माडीका फाँटहरु सिँचित गर्ने सपना देखेको तीन दशक भो तर अझै पुरा हुन सकेको छैन, वर्षेनी सरकारी बजेट पुगेपनि बजेटको सही उपयोगको अभावले उदेश्यमाथि धब्बा लागेको छ । तर सरकारले काम गर्न पनि रोक्दैन, परिणाम पनि आँउदैन यस्तै तमासा देखेर थाकिएका माडीबासीले पछिल्लो चरणमा केही होला भन्ने आशा गरेपनि विश्वस्त भने हुन सकेका छैनन् ।
विश्व बैकको ऋण सहायतबाट निर्माण थालिएको नहरले धेरै निर्माण कम्पनीहरु देखिसकेको भएपनि पछिल्लो चरणमा कन्काइ आँसु जानकी निर्माण कम्पनीले जिम्मा लिएको छ । पछिल्लो चरणमा साढे १२ किलोमिटर लम्बाइ हुने भनिएको नहरको अहिलेसम्म जम्मा तीन किलोमिटर लम्बाइ पुरा भएको छ। तीन दशकमा तीन किलोमिटर पुरा भएको छ अझै नौ किलोमिटर कहिले पुरा हुने अझै अनिश्चित जस्तै छ । दुइ सय तीस हेक्टर सिचाइ गर्न लक्ष्यका साथ काम अगाडि बढाइएपनि विगतको नजिरले स्थानीयमा विश्वसनीय दिन सकेको छैन । सरकारी परियोजनामा हुने अपारदर्शी नै मुख्य भएको स्थानीयले बताएका छन् ।
फिजीविलीटी अध्ययन बिना काम गरिएकोले परियोजना समयमा सफल हुन नसकेको प्राविधिकहरुको दावी छ, भौगलिक विकटता, पहाडी क्षेत्रमा लामो नहरको इष्टिमेट हुनु प्राविधिकरुपले कमजोरी भएकोले परियोजना पुरा गर्नमा चुनौति भएको उनीहरुको मत छ । तत्कालीन समयमा भएका फिजीविलिटी अपूरो भएकोले आयोजना पुरा गर्न कठिन भएको उनीहरुको दावी छ । यद्यपी नहरको इष्टिीमेट भएको क्षेत्रमा कडा चट्टान ठालो भिरालो जमिन इत्यादी कारण काममा कठिनाइ भएको छ।
विगतको द्धन्द्धको बेला अवरुद्ध भएको परियोजना पुरा गर्न सरकारले विसं २०६५ देखि २०७० सम्म मझौला सिचाई आयोजना नामाकरण गरी प्रक्रृया अगाडि बढाएको थियो । मझौला आयोजना पुरा गर्न सरकारले ३ करोड८५ लाख चौरानब्बे हजार खर्च गरे पनि कामको परिणाम देखिन सकेन । नियमन अनुगमन कसैले गरेन, निर्माण कम्पनी कंचन जंघाले काम अलपत्र पारेर हिडेको स्थानीयले आरोप लगाएका छन् । तैपनि सरकारले आर्थिक वर्ष २०७०÷७१ मा करिब पाँच करोडको टेण्डर आह्रान गरि परियोजना निर्माणधिन चरणमा छ। यतिबेला सम्म तीन किलोमिटर नहर पुरा भएको छ, नहरमा पानी चढेको छ । तर लक्षीत क्षेत्रमा पुग्न अझै नौ किलोमिटर नहर पुरा हुनुपर्छ । त्यस्का लागि कंचनजंघा आँसु कन्ट्रक्सनले काम गरिरहेको छ । कडा चट्टा विस्फोट गर्ने काम भैरहेको छ ।
२४ किलोमिटरबाट घटेर साढे १२ किलोमिटर भएको नहरको मुहान रोल्पाको सुलिचौरस्थित लुँग्री नदी हो। प्रत्येक वर्ष नहरको हेडबक्स विग्रीने अनि प्रत्येक वर्ष मर्मत गर्ने बाध्यता छ तर पानी ल्याउनुको विकल्प पनि छैन । भौगलिक जोखिमता बर्षातको बाढीको समस्या वर्षेनी छ यद्यपी आगामी फाल्गुनभित्र आयोजना पुरा हुने दावी गरिदै आएको छ । परियोजना पुरा गर्न सरकारले बजेट पनि .दिएकोले अब काम फत्ते नहुनेमा कुनै शंका नभएको प्राविधिकहरु दावी गर्दछन्
तर अझै नौ किलोमिटरको दुरी पुरा गर्न छ, कडा चट्टा फुटाउन डिभिजन कार्यालयका लागि अग्नि परिक्षा नै छ । यद्यपी कार्यालयका डिभिजन प्रमुख मित्र बराल प्यूठान आएपछि यो प्रक्रृयाले अलि गति लिएको चाँही साँचो हो । उनको सक्रियताले यतिबेला तीन किलोमिटर भएपनि लुंग्री नदीको पानीले मुख देख्न पाएको छ । त्यसैले फिजीविलिटी नभएको परियोजना जटिल भएपनि आगामी फाल्गुनसम्म प्यूठानको सारीसम्म पानी खसाल्न सकिने डिभिजन प्रमुख इन्जिनियर मित्र बराले दावी गरे












