ताजा अपडेट

...


उपसभापति पौडेल र भाजपा नेता जोलीबीच भेटवार्ता



इन्द्रेणी सम्बाददाता 

काठमाडौँ, १० मङ्सिर । नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र भारतीय जनता पार्टीका नेता विजय जोलीबीच आज भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भएको उक्त भेटवार्तामा भारतसँगको सीमानाकामा उत्पन्न आपूर्ति असहजता र समसामयिक विषयमा छलफल भएको कावा सभापति पौडेलले जानकारी
फाइल तस्वीर :  तस्वीरमा  कांग्रेस उपसाभापती  रामचन्द्र पौड्याल र भारतीय राजदुत रंजित राय 
दिनुभयो ।

उहाँले भन्नुभयो – “भारतले लगाएको नाकाबन्दी र त्यसले निम्त्याएको असुविधाका बारेमा छलफल भयो । त्यस सम्बन्धमा मैले मधेस आन्दोलन र नाकाबन्दी फरक हो, त्यसलाई छुट्याउनुप¥यो र आपूर्ति व्यवस्थालाई भारतका तर्फबाट सहज बनाउनुप¥यो भनेको छु ।”
कावा सभापति पौडेलले मधेसमा देखिएको समस्या समाधान गर्न मधेसी मोर्चासँग वार्ता भइरहेको जानकारी दिँदै चाँडो सहमतिको आधारमा समस्याको समाधान खोजिने भएकाले आपूर्ति नरोकिदिन भारतीय नेता जोलीसँग आग्रह गर्नुभएको थियो ।

सो अवसरमा भाजपा नेता जोलीले नेपालमा नाकाबन्दीले निम्त्याएको समस्याबारे केन्द्रीय सरकारसमक्ष कुरा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि नेता पौडेलले बताउनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.