ताजा अपडेट

...


इन्धन अभावले आयोजना निर्माण ठप्प



फाइल तस्वीर
इन्द्रेणी सम्बाददाता
रसुवा, १० मङ्सिर । भूकम्पपछि सहज वातावरण हुँदै गए पनि इन्धन लगायत समस्याले १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको निर्माणले निरन्तरता पाउन सकेको छैन । 

 गत वैशाख १२ गतेको भूकम्पले बन्द रहेको सो आयोजनाको काम आवश्यक इन्धन र भूकम्पका कारण अघि बढेको छैन । उपकरण चीनबाट आयात गरी निर्माण तीव्र रुपमा अगाडि बढाउने कार्यमा सहज पारिदिन यहाँ कार्यरत प्राविधिकले व्यवस्थापिका–संसद्, विकास समितिका पदाधिकारीलाई आग्रह गरेका छन् । 


 यस्तै ५७.१ मेगावाट क्षमताको साङ्जेन जलविद्युत् आयोजनाको पनि निर्माण अगाडि बढ्न सकेको छैन । आयोजना प्रमुख गिरिराज अधिकारीका अनुसार इन्धन अभावका कारण उपकरण चलाउन नसक्दा दसैँपछि निर्माण स्थगन भएको छ । रसुवागढी र साङ्जेन दुवै आयोजनाको सुरुङ निर्माण करिब ३० प्रतिशत पूरा भइसकेको प्राविधिकले बताएका छन् ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.