ताजा अपडेट

...


नवदुर्गा पुजा समितिद्धारा खर्च विबरण सार्बजनिक ।




दाङ, कार्तिक १८ ।
नवदुर्गा पुजा समिति दाङले खर्च विबरण सार्बजनिक गरेको छ । बुधबार घोराही पत्रकार सम्मेलन गरी खर्च बिवरण सार्वजनिक गरेको हो । नवदुर्गा पुजा समितिले घोराही स्थित बालमन्दिर प्राङ्गणमा नवदुर्गाको मुर्ति स्थापना गरि पुजाआजा गर्ने व्यवस्था मिलाएको थियो । पत्रकार सम्मेलनमा बोल्दै नवदुर्गा पुजा समितिका संयोजक बिष्णुु कुमार गुप्ताले  नवदुर्गा पुजाको व्यवस्थापनाका लागि विभिन्न निकायबाट  ६ लाख, ७६ हजार ४ सय ८६ रुयैया सहयोग प्राप्त भएको जानकारी गराउनुभएको थियो । गत असोज २६को  घस्थापना देखी कार्तिक ५ गते नवमी सम्म सञ्चालन भएको पुजामा जम्मा ६ लाख १७ हजार ७ सय ९० रुपैयाँ खर्च भएको र त्यसमध्य ५८ हजार ६ सय ९६ रुपैया बचत रहेको रमक बैङ्कमा जम्मा गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो । त्यसअबसरमा बोल्दै गुप्ताले जमिनको अभाब हुदा बर्षेनी पुजा समितिले लाखौ रुपैयाँ खर्च गर्दे गएको बताउँदै मुर्ति प्रतिस्थापनका लागि जग्गा उपलब्ध गराएर सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । पुजा समितिका उपाध्यक्ष राज कुमार गुप्ताको स्वागत मन्तवयबाट सुरु भएको कार्यक्रममा सल्लाहाकार खड्क बुढाथोकी ,नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त, लगाएतले बोल्नु भएको थियो ।  

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.