इन्द्रेणी सम्बाददाता
दाङ०, ८ मङ्सिर । आर्थिक वर्ष २०७२ / ७३ को हालसम्ममा तुलसीपुर नगरपालिकामा २५ प्रतिशत मात्र विकास योजना निर्माणका लागि उपभोक्तासँग सम्झौता भएको छ ।
यस आवमा नगरपालिकामा १०० वटा योजना रहेकोमा अहिलेसम्म २५ वटा योजनामात्र उपभोक्तासँग निर्माणका लागि सम्झौता भएको छ । अरु योजना निर्माणका लागि उपभोक्तासँग सम्झौता गर्न तयारी गरिरहेको नगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले जानकारी दिनुभयो । “आर्थिक वर्ष सुरु भएदेखि विभिन्न समूहको बन्दका कारण योजना सम्झौतामा ढिलाई भएको हो” उहाँले भन्नुभयो ।
त्यसैगरी जगेडा कोषबाट सञ्चालन हुने योजनामा उपभोक्ताको ४० प्रतिशत रकम र जनसहभागितामा गरिने योजनामा उपभोक्ताले २५ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान छ । नगरपालिकामा मङ्सिर महिनाको ६ गतेसम्ममा ७५ प्रतिशत विकासे योजना उपभोक्तासँग सम्झौता हुन सकेका छैनन् ।
इञ्जिनियर योगीले योजना सम्झौताका लागि नगरपालिकाले सार्वजनिक सूचनासमेत जारी गरेको र अहिले धेरै योजना सम्झौताको तयारीमा रहेको जानकारी दिनुभयो । नगरपाकिकाले आव २०७२÷७३ मा जगेडा कोषमार्फत छवटा योजना, पूर्वाधार विकासतर्फ ११ वटा,
महिला लक्षित कार्यक्रम आठवटा, बालबालिका लक्षित १५ वटा, र प्रर्वद्धनात्मक २९ वटा, सडकतर्फ दुई वटा तथा अन्य लक्षित २९ वटा योजना रहेका छन् । यस्तै नगरपालिकाका विभिन्न १९ वडामा ७९ वटा योजना रहेका छन् ।