ताजा अपडेट

...


प्रहरी र सशस्त्र समूहबीच गोली हानाहान




१० कात्तिक, ताप्लेजुङ । प्रहरीको मोष्टवान्टेड सूचीमा रहेका फरार अभियुक्त देउमान लिम्बु ९हाराहाङ० नेतृत्वको हतियारधारी समूह र प्रहरीबीच मंगलबार दिउँसो ताप्लेजुङमा दोहोरो गोली हानाहान भएको छ । जिल्लाको ईखाबु ४ स्थित सिचुवा जंगलमा दोहोरो गोली हानाहान भएको हो ।
त्बउभिवगलन४(५ जनाको समुहमा रहेका हतियारधारी समूहले दिउँसो करीव साढे तीन बजे प्रहरी माथि भरुवा बन्दुकले फायर गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो । गोलीबाट दुबै पक्षमा कुनै क्षति भएको छैन तर, प्रहरी माथि भरुवा बन्दुक प्रहार गर्ने एक जनालाई प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा पथरी मोरङ घर बताउने ३५ वर्षीय कुमार लिम्बु रहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए । लिम्बुलाई प्रहरीमाथि भरुवा बन्दुक प्रहार गरी भाग्ने क्रममा नजिकैको ओडारबाट नियन्त्रणमा लिएको कोईरालाको भनाइ
छ ।
सोहि क्षेत्रबाट केहि परीमाणमा खाद्यान्नसहित खुकुरीसमेत प्रहरीले बरामद गरेको छ । फरार रहेकाहरुको खोजिकार्य अहिले पनि जारी रहेको छ ।
यस अघि सोहि अपराधिक समूहमा आबद्ध ताप्लेजुङ खेजेनिम तीनका १८ वर्षीय आकाश भनिने हर्क आङछङबो लिम्बुलाई गत कातिक चार गते विहान पाँच बजे जिल्लाकै सान्थाक्रा ९ स्थित एक जंगलबाट पक्राउ गरिको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.