कांग्रेस प्रक्रियामा नगए सरकारबाट बाहिरिने एमालेको चेतावनी
0
काठमाडौं । संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेले तत्कालै सहमति वा प्रक्रियाबाट संविधान जारी गर्नेमा कांग्रेस अग्रसर नभएमा सरकारबाट बाहिरिने बारेमा समेत एमाले बैठकमा छलफल भएको बताइएको छ ।‘हामी संविधान निर्माणका लागि सरकारमा सहभागी भएका हौं, झण्डा हल्लाउन र दुई चारवटा राजनीतिक नियुक्ति गर्न होइन’ बैठकपछि सचिव ज्ञवालीले भने-‘संविधान नबन्ने अवस्थामा सरकारमा बसिरहनु उपयुक्त हुँदैन’ ।
एमाले बैठकमा नेताहरुले एकपटक विपक्षी मोर्चासँग निर्णायक ढंगले वार्ता गर्नुपर्ने र त्यसपछि पनि सहमति नभए पर्खिन नसकिने बताएका थिए । तर, कांग्रेस नै ढुलमुलमा रहेको भन्दै एमाले नेताहरुले यसबारे कांग्रेससँग छलफल गर्ने भएका छन् ।
कांग्रेस महाधिवेशनको असर संविधान निर्माणमा नपरोस भन्ने एमालेको आशय रहेको ज्ञवालीले बताए । उनले भने-कांग्रेस नेताहरु संविधान निर्माणका सवालमा एकतावद्ध भएर आउनुपर्छ ।





No comments:
Post a Comment