ताजा अपडेट

...


कांग्रेसको असहमतिको बावजूद संविधानसभा बैठक बोलाउने सभामुखको तयारी



कांग्रेसले सहमतिमा मात्र संविधान बनाउनुपर्ने निर्णय गरेको छ । त्यसैले तत्काल संविधानसभा बैठक बोलाउने पक्षमा कांग्रेस रहेको छैन । तर, एमाले भने तत्काल बैठक बोलाएर प्रकृया अगाडि बढाउनुपर्ने पक्षमा रहेको छ ।
अध्यक्ष नेम्वाङले संविधानसभालाई अनिर्णयको अवस्थामा राख्न हुन्न भन्ने धारणा राख्दै आएका छन् । उनले प्रकृया अगाडि बढाउनुपर्ने भन्दै आज बैठक बोलाएपछि कांग्रेसले ठोस जवाफ दिनुपर्ने भएको छ ।
कांग्रेसका एक नेताले न्यूज भित्तालाई बताए–अहिले बैठक बोलाउनु हुँदैन, पहिले सहमति खोज्नुपर्छ अनि बैठक बोलाउनुपर्छ ।
संविधानसभा बैठक राख्न कांग्रेसले आनाकानी गरेको अवस्थामा एमालेले सरकार त्याग्ने धम्की दिएको छ ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.