इन्द्रेणी संवाददाता
दाङ, २२ फागुन । राष्ट्रिय योजना आयोगले आगामी चौधौ त्रिबर्षिय योजनाको बिकास रणनीति, दिर्घकालिन सोच लक्ष्य तथा कार्यक्रमहरु तय गर्न दाङको घोराहीमा ५ नम्बर प्रदेशस्तरिय छलफल गरेको छ । बिकास रणनीति छलफलमा जुटेका ५ नम्बर प्रदेशका सरोकारवालाहरुले बिकास रणनिति तय गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने वताएका छन ।
भुमि निति बनाई जमिनको खण्डिकरण रोक्नुपर्ने, व्यबस्थित शहरीकरणलाई जोड दिनुपर्ने, निर्बाहमुखी कृषिलाई व्यबसायिकरण गर्नुपर्ने तथा शिक्षालाई व्याबहारिक तथा शिपमुलक बनाउनुपर्ने नितिगत योजनामा जोड दिन प्रदेश नम्बर पाँचका सरोकारपालाहरुले योजना आयोगलाई सुझाव दिएका छन् ।
५ नम्बर प्रदेशका १५ जिल्लाका स्थानीय बिकास अधिकारी तथा योजना अधिकृत तथा राजनीतिक दलका प्रतिनिधी सहभागी रहेको दुई दिने छलफलमा बिगतका योजनाको समिक्षा गर्दै आगामी अन्तरिम योजना बनाउदा बिकेन्द्रिकरणलाई अधिकतम प्राथमिकतामा राखी मध्यम तथा सानास्तरका बिकास योजना निर्माण तथा छनौटको अधिकार प्रदेशलाई नै दिनुपर्नेमा जोड दिएका छन ।