Saturday, March 5, 2016

धर्मले मानिसलाई सत्मार्गमा डोर्याउनु पर्छ

इन्द्रेणी संवाददाता 
दाङ २२ फागुन । अध्यात्मिक चिन्तन, सोच र संस्कारले मानिसलाई असल कार्यप्रतीडोर्याउने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन । केही समय यता बिभिन्न बहानामा धर्म प्रति देखिएको बिचलनले गलत प्रबृति बढेको प्रति चिन्ता ब्यक्त गदै यस्ता कार्यहरुलाई निरुत्साहित पानुपर्ने बताईएका छन ।

८० औ महाशिबरात्री पर्बको अबसरमा ब्रम्हकुमारी ईश्वरिय बिश्वबिद्यालय एबं राजयोग प्रशिक्षण केन्द्र लमहीले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले धर्मले मानिसलाई सधै सत्मार्गमा डोर्याउनु पर्ने बताएका छन । धर्म भित्र देखिका नकारात्मक विषयहरु हटाउदै जानुपर्ने उनिहरुको भनाई थियो ।

राजयोग प्रशिक्षण केन्द्रका निर्देशक गिता दिदिको अध्यक्षता तथा जिल्ला बिकाश समिति दाङका स्थानिय बिकाश अधिकारी रमेश गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । स्थानिय बिकाश अधिकारी रमेश गौतमले लमहीमा निर्माणाधिन ईश्वरिय बिश्वबिधालय भबन निर्माणको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.