ऐन नियमहरु निर्माणको चरणमाः मन्त्री पोख्रेल
इन्द्रेणी संवाददाता
देउखुरी, २२ फागुन । शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलले नयाँ संविधान अनुसार शैक्षिक निर्देशीका, ऐन नियमहरु निर्माण गर्न थालेको वताएका छन् । यस्तै राष्ट्रिय पुस्तक निति निर्माणको चरणहरुमा रहेको शनिवार गढवामा आयोजीत देउखुरी सामुदायीक पुस्तकालय तथा श्रोत केन्द्रको उद्घाटन गर्दै मन्त्री पोख्रेलले यस्तो वताएका हुन् ।
नयाँ संविधान कार्यान्वयन गर्न संविधानका वारेमा गाउँ गाउँमा जानकारी दिनुपर्ने वताएका छन् । यसका साथै संविधान कार्यान्वयनकालागी ब्यापक वौद्धीक आन्दोलनको आवश्यक्ता पर्ने वताएका हुन् ।
देशलाई नयाँ दिशामा लैजान संविधानको कार्यान्वयन अनिवार्य रहेको वताउदै उहाँले वौद्धीक आन्दोलनले मात्रै संविधानको सही कार्यान्वयन हुन सक्ने धारणा राखे ।
समुदायका वालवालीका, यूवा, महीलाहरुलाई अघि वढाउन पुस्तकालयले भुमिका खेल्न सक्नेमा जोड दिदै सवैलाई अवसरको आवश्यक्ता रहेकोमा जोड दिएका हुन् ।
देउखुरी सामुदायीक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष हरि पोख्रेलको अध्यक्षता एवम् शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलको प्रमुखआतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले पुस्तकालयले समुदाय र विद्यालयमा खुलेका पुस्तकालय सञ्चालन गर्न राज्यले अनुदान दिनुपर्ने वताएका छन् ।
कार्यक्रममा पुस्तकालय निर्माणमा सहयोग गर्ने रिच आउट टु एसीया(रोटा)का गुणस्तरीय प्रभाव मुल्याङ्कन विभाग प्रमुख अब्दुला फरेज अल अब्दुला, रिड क्लोवल निर्देशक टिना साविका, रिड नेपालका राष्ट्रिय निर्देशक सञ्जना श्रेष्ठ, रेष्ट डेभलपमेन्ट नेपालका राष्ट्रिय निर्देशक रविन्द्र शाक्य, एकिकृत नेकपा माओवादीकी केन्द्रिय सदस्य नरायणी शर्मा, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गरे ।
कार्यक्रममा देउखुरी सामुदायीक पुस्तकालय तथा श्रोत केन्द्रका सचिव पुरण प्रसाद चौधरीले प्रतिवेदन प्रस्तुत गरे । पुस्तकालय तथा श्रोत केन्द्रका उपाध्यक्ष गिरीराज भट्टको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण शुदीपकिरण आचार्य र ओभा पाठकले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा पुस्तकालय स्थापना गर्न सहयोग गर्ने सरकारी कार्यालय, संघ संस्था र ब्यक्तिलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा गढवा निवासी साहित्यकार केशब बहादुर सिङ्गले नगद ५ हजार पाँच सय एक रुपैयाँ र आफु संग भएका एक दर्जन पुस्तक पुस्तकालयलाई हस्तान्तरण गरेका छन् ।
