Saturday, March 5, 2016

प्युठानी तारा सिजन तिन दाङमा

इन्द्रेणी संवाददाता
दाङ २२ फाल्गुन । प्युठानी तारा सिजन ३ को अडिसन शनिवार घोराहीमा सम्पन्न भएको छ । स्थानिय कला  संस्कृति र प्रतिभा सम्मान  , पर्यटन प्रर्वद्धन हाम्रो अनियान भन्ने मुलनाराका साथ संचालन भएको प्युठानी तारा सिजन तिन   दाङ पहिलो चरणको अडिसन शनिावार घोराहीमा सम्पन्न भएको छ ।  पहिलो चरणको अडिसनमा दाङका गायन तथा नृत्य क्षेत्रका  करिव ८० नव प्रतिभाहरुले प्रतिभा प्रस्तुत गरेका थिए ।  नेपाल पत्रकार महासंघ दाङको सभाहलमा उद्घाटन सम्पन्न भएको उक्त प्युठानी सिजन तिन अध्यक्ष रेडियो लिस्ने आवाज प्युठानका स्टेशन म्यानेजर नुमराज भण्डारी अध्यक्षता एंव वरिष्ठ पत्रकार एंव साहित्यकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शर्माले स्थानिय नवप्रतिभाहरु एचित सम्मान र अवसरको खाँचो रहेका औल्याएका थिए ।
             
  स्थानिय कलागलाहरु सम्मान र अवसरवाट विमुख अवसरवाटै पन्छनु पर्ने वाध्यता रहेको वताएका थिए ।  प्रतिभा एक व्यक्तिगत विशिष्टता आधार प्रतिविम्वीत रहेकाले हरेक प्रतिभाहरु विशिष्टताको आवश्यक रहेको औल्याएको थिए । कार्यक्रममा नेपाल  पत्रकार महासंघ दाङकी उपाध्यक्ष लक्ष्मी आचार्य , पर्यटन पत्रकार समुहका अध्यक्ष धनिराम शर्मा , नृत्यकार पुर्णिमा श्रेष्ठ चर्चित गिताकार गोविन्द मधुर आचार्य   र पत्रकार निमुसंगम घर्ति लगाएतकाले शसभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा प्रथम , द्वितिय  र तृतिय हुने प्रतियोगिहरुलाई नगद ५० हजार , २०  र १० सहित प्रशंसा पत्र सहति सम्मान गर्ने  आयोजकले जनाएको छ ।
 त्यस्तै साहीत्य तथा पर्यटन विद्यामा  हुने प्रतियोगिताहरुमा पनि प्रथम , द्वितिय र तृतिय हुने प्रतियोगीहरु लाई १० हजार  , ५ हजार र ३ हजार अर्वाड प्रशंसा पत्रले सम्मान गरिने आयोजकले जनाएको छ । आयोजक समितिका सदस्य  भरत पौडेल पौडेलको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको संचालन हरि भण्डारीले गरेका थिए ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.