ताजा अपडेट

...


घोराहीमा दाङ व्यापारिक महोत्सव जारी




इन्द्रेणी संवाददाता
घोराही, २२ फागुन
हिजोदेखी घोराहीमा सुरु भएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२ आजपनि जारी छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीको नवलपुरमा जारी महोत्सवमा प्याराग्लाईडिङ, हेलिकप्टर आकर्षणको रुपमा रहेको छ । “उद्योग व्यापार कृषी एवं पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा विभिन्न प्रकृतिका ३ सय ५० वटा स्टल रहेको छ ।


महोत्सवमा हेलिकप्टरवाट दाङ उपत्यका सहित राप्तीका केहि जिल्ला र मुगुको रारातालको अवलोनको वयवस्था गरिएको छ । यसैगरी प्याराग्लाईडिङ उडानको पनि व्यवस्था गरिएको छ । दाङको लक्ष्मीपुर ५ सवारीकोटको जस्पुर डाँडाँबाट प्याराग्लाईडिङ उडानको व्यवस्था मिलाईएको हो । यसैगरी, महोत्सवमा कृषकले उत्पादन गरेका कृषि उपज देखी विभिन्न व्राण्डका गाडिहरु प्रर्दशन र बिक्रिका लागि राखिएको छ ।

महोत्सवमा आजदेखी साँस्कृतीक कार्यक्रम सुरु हुदैछ । आज कलाकारहरु शंकर बिसी र पार्वती राईले साँस्कृतिक प्रस्तुती देखाएर दर्शहरुलाई आकर्षित गर्नुुहनेछ । यसैगरी गायिका तथा मोडल सम्झना लामिछाने मगर, गायक सुनिल गिरीलगायतका कलाकारहरुको पनि प्रस्तुती रहने छ । कार्यक्रमको सहजीकरण हास्य कलाकर राजा राजेन्द्रले गर्दै हुनुहुन्छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.