ताजा अपडेट

...


नारायणपुर महायज्ञको उद्घाटन मन्त्री थापाले गर्ने



नारायणपुर, १५ चैत । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा यही चैत १७ गतेदेखी २४ गतेसम्म नारायणपुरमा हुने महायज्ञ उद्घाटन भूमीसुधार तथा व्यवस्था मन्त्री विक्रमबहादुर थापाले गर्नुहुने भएको छ ।  नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२ को उद्घाटनकालागी मन्त्री थापा दाङ आउने आयोजक मूल समितिले जानकारी दिएको छ । चैत १७ गते मध्याह्न १२ बजे भव्य कार्यक्रमका बिच महायज्ञको उद्घाटन मन्त्री थापाले गर्नुहुने छ । महायज्ञको लागी एक टोली हिजो नै महायज्ञ स्थलमा आएर तयारीमा जुटेको छ भने महायज्ञको मुख्य वाचक सुप्रसिद्ध भागवताचार्य गुरुदेव अध्यात्म शिरोमणी पण्डीत रामकृष्ण उपाध्याय सहितको टोली भोली दाङ आईपुग्ने कार्यक्रम रहेको टोलीमा रहनुभएकी राधा रिमालले जानकारी दिनुभयो ।  

महायज्ञ सुरु हुन २ दिनमात्र बाँकी रहदा महायज्ञको ९० प्रतिशत तयारी सम्पन्न भईसकेको आयेजक मूल समितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो । महायत्रकालागी पत्रचार, प्रचारप्रसारको काम जारी छ भने भौतिक निर्माणको काम पनि करिब अन्तिम चरणमा पुगेको छ । मुख्य मञ्चको काम अन्तीम चरणमा पुगेको छ भने मुख्य गेटको निर्माण भईरहेको छ । महायज्ञमा विविध धार्मीक कार्यक्रमहरु हुने छन् । जसमा तुला दान, भूमी दान, अन्न दान, नगद दान गर्न सकीने छ । यस्तै महायज्ञमा कलश राख्न सकीने छ भने व्रतबन्ध, चौरासी पूजा, देविदेवताको लागी संकल्पसहित यज्ञमण्डपमा फोटो स्थापना, विवाह, ग्रह शान्ति लगायतका धार्मीक कार्य हुने सचिवालय व्यवस्थापन समितिका संयोजक सानु थापाले बताउनुभयो । यसैबीच महायज्ञ स्थलको आज सरसफाई गरिएको छ । तारादल गण भरतपुरको नेपाली सेनाको टोलीले सरसफाई गरेको हो । क्याप्टेन ईश्वर सिजवालको नेतृत्वमा आएको टोलीले महायज्ञ स्थलको पूर्ण सरसफाईका साथै भौतिक निर्माणमा सहयोग गरेको थियो ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.