इन्द्रेणी संमाददाता
दाङ १५ चैत्र
यही चैत १७ गतेदेखी २४ गतेसम्म दाङको नारायणपुरमा हुने महायज्ञको तयारी तीव्र पारिएको छ । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा हुन थालेको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२ का लागी तयारी तीव्र रुपमा भईरहेको आयोजक मूल समितिले बताएको छ ।
महायज्ञ स्थल ईलाका प्रहरी कार्यालय नारायणपुरदेखी उत्तरतर्फको खाली स्थानमा तयारी भईरहेको मूल समितिका संयोजक टेकबहादुर खड्काले बताउनुभयो । नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ महायज्ञ आयोजना गरिएको हो ।
महायज्ञलाई सफल बनाउन पत्राचार एवं प्रचारप्रसारको काम पनि तीव्र बनाएको छ भने महोत्सव सफल बनाउने विषयमा त्यस क्षेत्रका अगुवाहरुसँग छलफल एवं सहकार्य भईरहेको महोत्सवका कार्य सम्पादन समतिका संयोजक ईन्द्रबहादुर रायमाझीले जानकारी दिनुभयो ।
महायज्ञमा विभिन्न धार्मीक कार्यक्रमहरु पनि हुने भएको छ । जसमा तुला दान, भूमी दान, अन्न दान, नगद दान गर्न सकिने भएको छ ।त्यस अवसरमा व्रतबन्ध, चौरासी पूजा, देविदेवताको लागी संकल्पसहित यज्ञमण्डपमा फोटो स्थापना, विवाह लगायतका धार्मिक कार्य हुने उहाँले बताउनुभयो ।।

No comments:
Post a Comment