दाङ, फागुन २२ ।
दाङ जिल्ला उद्योग वाणीज्य संघको आयोजनामा हिजोदेखि सुरु भएको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” मा आज दोस्रो दिन केन्द्रीय कलाकार हरुले आम दर्शक हरुलाई भरपुर मनोरन्जन दिएका छन् ।
“उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको गरिएको महोत्सवमा आज दर्शकहरुको उल्लेख्य सहभागीता रहेको थियो । घोराही नगरपालिका ५ नवलपुरमा आयोजना गरिएको महोत्सवमा आज दोस्रो दिन गायीका सम्झना लामीछाने मगर, मोडलहरु शंकर विसी, पार्वति राई, गायकहरु देवेन्द्र बस्नेत, टोपेन्द्र विष्ट,लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण राजा राजेन्द्र र पिताम्वर रिजालले गर्नुभएको थियो । आज शनिबार २० हजारभन्दा बढि दर्शकहरुले अवलोकन गरेको मूल समितिले बताएको छ ।
यस्तै भोली आईतवारदेखी शिवरात्रीको अवसरमा लाग्ने पाण्डवेश्वर मन्दिर धारापानीको अवलोकनकालागी हेलिकोप्टरको व्यवस्था गरिएको छ । प्रतिव्यक्ती ५ हजार १ सयमा धारापानी मन्दिरको ओभरभ्यू फ्याईटबाट अनुगमन गर्न सकीने छ । महोत्सवमा प्याराग्लाईडिङकालागी पनि दर्शकहरुको आकर्षण बढेर गएको छ । जसमध्य युवाहरु प्याराग्लाईडिङकालागी जाने गरेको पर्यटन उपसमितिका संयोजक सुशीलप्रकास आचार्यले जानकारी दिनुभएको छ ।