ताजा अपडेट

...


सहिदले देखाएको वाटो भुल्न नहुने




रेखा मगर
दाङ, १६ माघ
सहिदले देखाएको वाटो भुल्न नहुने एक कार्यक्रमका सहभागीहरुले वताएका छन । फ्रेण्डस वालक्लव घोराहीले आज सहिद दिवसको अवसरमा आयोजना गरेको सहिद दिवस विशेष वाल कविता प्रतियोगीतामा सहभागीहरुले सहिदको सपना पुरा गर्न उनीहरुले देखाएको वाटो कहिल्यै भुल्न नहुनेमा जोड दिएका हुन ।


क्लबका कार्यवाहक अध्यक्ष मञ्जु ओलीको अध्यक्षता तथा गौतम नगर टोल विकास संस्थाका अध्यक्ष नुमानन्द आचार्यको प्रमुख आतिथ्यता र जिल्ला बाल सञ्जालका सचिव नविन जिएमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । घोराहीको सर्वोदय पुस्तकालयको हलमा भएको प्रतियोगितामा १२ जना वालवालिकाले सहभागीता जनाएका थिए ।

प्रतियोगीतामा सदिच्छा आचार्य प्रथम, सन्देश श्रेष्ठ द्धितिय, सन्दीप जिएम तृतिय र सुरेश केसी तृतिय हुनुभएको थियो । उत्कृष्ट वालवालिकाहरुलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगीताको निर्णायक मण्डलमा वरिष्ठ साहित्यकार नित्यानन्द शर्मा, राप्ती साहित्य परिषदका सचिव दिपक समिर र सर्वोदय पुस्तकालयका सदस्य शारदा शर्मा रहनुभएको थियो । कार्यक्रमको सहजीकरण क्लवका सल्लाहकार नबिन श्रेष्ठले गर्नुभएको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.