ताजा अपडेट

...


सभापतिमा म निर्वाचित हुने सुनिश्चित



दाङ ५ पुस । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दाङदेखि कञ्चनपुरलाई थारु स्वयत्तप्रदेश बनाउने आफ्नो प्रस्ताब अरुले नस्विकार्दा देशले दुख पाएको बताएका छन । मंगलबार दाङको हेकुलीमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङका काङग्रेस निकट थारु अगुवाहरुको एक भेलालाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन ।

राप्ती, भेरी, सेती महाकालीको एउटा प्रदेश बनाउने र दाङदेखि कञ्चनपुरसम्मलाई स्वायत्त प्रदेश बनाउनु पर्ने प्रस्ताब दलहरु समक्ष आफूले राखेको उनले दाबी गरे । बर्तमान अवस्थामा भने अव सिमांकन हेरफेर र त्यहि स्वायत्तत्ताको कुरा गर्न नहुने उनको भनाई छ । ‘देश संवेदनशिल अबस्थामा छ, अहिले सिमांकन हेरफेर र पुरानै कुरा हुँदैन उनले थपे, ‘हाम्रो देश हिमाल, पहाड, तराई मिलेर बनेको छ, हामी बर्तमान राज्य पुर्नसंरचना अनुसार मिलेर बस्नु उपयुक्त हुन्छ ।’
देउवाले आफूलाई थारु बिरोधीको रुपमा चित्रित गरेको प्रति प्रतिबाद गर्दै अरुले नै आफ्नो भनाई नमान्दा देशमा यस्तो परिस्थिति आएको धारणा राखे । ‘म दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलाई स्वायत्त प्रदेश बनाउने र थारुहरुलाई अधिकार दिने कुराको कहिल्यै बिरोधी होईन उनले भने, ‘पश्चिम तराई र पूर्वी तराईका थारुलाई एउटै प्रदेश बनाउने कुराको बिरोध गरेको हुँ, यो जायज पनि छ ।’

काङग्रेस बरिष्ठ नेता देउबाले सोहि कार्यक्रममा आफनो सभापतिको उम्मेद्वारको पनि घोषणा गरेका थिए । नेपाली काङग्रेसमा गिरिजाप्रसाद कोईराला पछिको आफू नै बरिष्ठ नेता भएकाले आफु सभापतिका लागि एकमात्र योग्य उम्मेद्वार भएको र आफ्नो बिजय सुनिश्चित रहेको पनि उनको दाबी थियो ।
 आफुलाई सभापतिमा बिजय गराए थारुहरुलाई धेरै अधिकार दिन पहल गर्ने आश्वासन समेत उनले कार्यक्रमम दिएका छिन् । ‘म थारुहरुलाई अधिकार दिने कुरामा सधै लड्दै आएको छु र अझ पनि लड्छु उनको भनाई छ, ‘मलाई काङग्रेस सभापतिमा जिताउन पहल गर्नुस म अझ थप अधिकारको निम्ति लड्छु ।’
संविधान गतिशिल बस्तु भएकाले यो संसोधन हुँदै जाने र आदिबासी जनजाति थारु मगरलाई आवश्यकता अनुसार अधिकार थप पनि हुँदै जाने उनको भनाई थियो ।
यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा..प्रकाशसरन महतले अब पार्टीको सभापति वरिष्ठ नेता शेरवहादुर देउवाले नै हुने ठोकुवा गरेका छन्
। मंगलवार रिपोटर्स क्लवले दाङको तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा महतले १३ औं महाधिवेशन बाट पार्टी सभापतिमा वरिष्ठ नेता देउवा निर्वाचित हुने सुनिश्चित जस्तै रहेको दाबी गरे ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.