ताजा अपडेट

...


त्रिपुर मिडिया सेन्टरको अध्यक्षमा देवकोटा



बिष्णुकुमार देवकोटा
इन्द्रेणी सम्बाददाता 

त्रिपुर ९ दाङ,  ५ मंसिर । त्रिपुर नगरपालिकामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको भेला शनिवार नारायणपुरमा सम्पन्न भएको छ । क्रियाशील जेष्ठ पत्रकार डी।के सागरको अध्यक्षतामा भएको भेलाले बिष्णुकुमार देवकोटाको अध्यक्षतामा त्रिपुर मिडिया सेन्टर गठन गरेको छ ।

द्यष्कजलगपगmबच म्भखपयतबएकीकृत त्रिपुरको अबधारणालाई जनस्तरसम्म पुराउन र समग्र त्रिपुरको विकासलाई सहयोग पुराउने उद्देश्यले गठन गरिएको मिडिया सेन्टरको उपाध्यक्षमा डिके सागर, सचिवमा बामदेव देवकोटा, कोषाध्यक्षमा बालिका लम्साल र सहसचिबमा सागर खनाललाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा भोला बुढाथोकी, अमरक्षितिज भण्डारी, आर।के शितल, शर्मिला डाँगी, मिसन सुनार, सुनिता गौतम र सुनिल बिकलाई चयन गरिएको छ । भेलाले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा, शिक्षक तथा साहित्यकार पदमप्रसाद शर्मा र नारायणपुर उद्योग वाणिज्य संघ नारायणपुरका अध्यक्ष गोपालप्रसाद लम्साललाई सल्लाहकारमा चयन गरिएको छ ।

नवगठित त्रिपुर मिडिया सेन्टरको पहिलो कार्यसमितिको बैठकले समग्र त्रिपुरको सवालहरु र सम्भावना तथा चुनौतिहरुको बिषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । मंसिर १२ गते सेन्टरले बृहत् अन्तर्किया कार्यक्रम गर्ने अध्यक्ष देवकोटाले बताए ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.