नेपाली साङ्गितिक बगैंचामा मगमगाउने लाखौं सुनौला रंगिन फुलहरुमा एक सुन्दर फुल हुन आयुषा राई
नेपालको दुर्गम जिल्ला खोटाङ एसेलु खर्कमा एक निम्न बर्गिय किसान परिवारमा जन्मिएर नेपाली साङ्गितिक क्षेत्रको महल खडा गर्ने महायात्रामा आयुषा अहिले कठोर संघर्ष गरिरहेकिछिन।
साङ्गितिक बगैंचाको नृत्य , गायन र मोडलिङ क्षेत्रमा औधी रुचि राख्ने आयुषाको गायन भन्दा मोडलिङ र मोडलिङ भन्दा नृत्य बिधामा बढी सिद्धहस्त छ।

करिब आदा दर्जन जति आधुनिक गितमा आवाज दियकी आयुषाले आधुनिक तथा दोहोरी गितमा दमदार नृत्य प्रस्तुत गर्ने गर्दछिन भने सात वटा जति फिल्मी डकुमेन्ट्रीमा नृत्य प्रस्तुत गरिसकेकी छिन।
कोमल हृदयकि धनी आयुषा समाजका दिन दुखी हरुको सेवा गर्न पाउँदा अति आनन्दित हुन्छिन। निम्न बर्गिय परिवारमा जन्मिएर समाजको सेवा गर्न तत्पर रहनु पक्कै पनि कसैलाई सहज हुदैन त्यसैले त अहोरात्र कठोर परिश्रम गर्छिन आयुषा।
नेपालमा छोटो समयमै चर्चामा आउन सफल नृत्यांगना आयुसालाइ आजभोली विभिन्न मेला महोत्सबहरुमा भ्याइनभ्याइ छ ।






