इन्द्रेणी समाचारदाता
पछिल्लो समय नायिका संचिता लुइटेल कमै मात्र पर्दामा देखिन्छिन । चलचित्र ‘नाई नभन्नु ल ४’ पछि संचिताको अभिनय रहेको नयाँ चलचित्र ‘खतरनाक’ तयार भएको छ । यो चलचित्रमा समावेश ‘मैले दिएको माया’ बोलको गीत सार्वजनिक गरिएको छ ।
राजेशपायल राई र माण्डवी त्रिपाठीको आवाज रहेको यो गीतमा संचिता लुइटेल र दिनेश केसीलाई फिचरिङ गरिएको छ । गीतमा विशाल ढकालको संगीत, यूवराज अर्यालको शब्द छ । रोशन तण्डुकारको निर्माणमा तयार भएको चलचित्रलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् ।
संचिता र दिनेशको जोडीलाई पर्दामा दर्शकले कसरी लिने हुन्, त्यो भने चलचित्र प्रदर्शन पछि थाहा हुनेछ ।